आइतबार कर्मचारीहरुले साढे तीन घण्टा पेन डाउन गर्ने

आगामी आइतबार ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले पेन डाउन गर्ने भएका छन् । त्यहाँ कार्यरत कर्मचारी नासु प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको घटनाको विरोधमा कर्मचारीहरुले पेन डाउन गर्ने भएका हुन ।
अस्ति बुधबार तारेख लिन पुगेका अधिवक्ता अमिर लामिछानेले जिल्ला अदालत ललितपुरको फाँटमा हातपात गरेको घटनाको विरोधमा आइतबार देशैभरका अदालतका कर्मचारीहरुले पेन डाउन गर्ने भएका हुन ।

Advertisement 1


अदालतका चार वटै कर्मचारी संगठनद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा आइतबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म पेन डाउन गर्ने जनाएका हुन् ।

अर्जुनबाबु सापकोटा,नरेश कार्की,हरि भट्टराई र दुर्गादत्त लम्साल चार वटै कर्मचारी संगठनका अध्यक्षहरुद्धारा जारी विज्ञप्तिमा कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी अमिर लामिछानेलाई कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।

Advertisement 2

संयुक्त विज्ञप्तिमा कार्यकक्षभित्रै कर्मचारी कुटपिट गर्ने कानुन व्यवसायीलाई रिहाइ गर्न उच्च अदालत बार ललितपुरले विज्ञप्ति निकालेको भन्दै आपराधिक घटनालाई बारले प्रोत्साहन गर्नु अत्यन्त दुःखद र भर्त्सना योग्य रहेको भन्दै बिरोध गरेको छ । त्यसैगरी कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न पनि सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित :२०८० असार १५, शुक्रबार १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry