निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सामान्यको परिपत्र (कार्यविधिसहित)
सरकारले निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न आह्वान गरेको छ । सामान्यले निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय र आयोगदेखि स्थानीय तहसम्मलाई परिपत्र गरि तोकिएको ढाँचामा नाम सिफारिस गर्न परिपत्र गरेको हो ।
Advertisement 1
मन्त्रालयले मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा निजामती सेवा पुरस्कार समितिको गत चैत्र १४ गते बसेको बैठकको निर्णय अनुसार निजामती सेवा पुरस्कारका लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि र निजामती सेवा पुरस्कारका आधारहरुमा टेकेर नाम सिफारिस गर्न सम्पूर्ण सरकारी निकायहरुलाई परिपत्र गरिएको छ ।
सरकारले हरेक २२ भदौलाई निजामती सेवा दिवसका रुपमा मनाउँदै आएको छ । सोही अवसरमा प्रदान हुने निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आह्वान गरेको हो ।
कार्यविधि अनुसार,१०० जनासम्म कर्मचारी भएको कार्यालयले १ जना,१०१ देखि ७०० सम्म कर्मचारी भएको कार्यालयले २ जना,७०१ देखि १५०० जनासम्म कर्मचारी भएका मन्त्रालय वा सरकारी निकायले ४ जना,१५०१ देखि २४०० सम्म कर्मचारी भएका निकायबाट ६ जना,२४०१ देखि ३४०० सम्म निजामती कर्मचारी कार्यरत कार्यालयले ८ जना र सोभन्दा बढी निजामती कर्मचारी कार्यरत भएका निकायले १० जना सिफारिस गर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।
Advertisement 2
सरकारले निजामती कर्मचारी सेवा नियमावली, २०५० को नियम ११६ (क) को उपनियम (२) बमोजिमको समितिको सिफारिसमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
मन्त्रालयले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्दा अपनाउनुपर्ने ढाँचासमेत पठाएको छ । यसमा कर्मचारीको नाम थर, सुरु नियुक्ति मिति र पद, हालको पदमा नियुक्ति मिति, हाल कार्यरत निकाय र अवधि, हालसम्म कुनै पुरस्कार, तक्मा वा प्रशंसापत्र पाएको भए छुट्टै पानासमेत राखेर सो विवरणसमेत उल्लेख गर्न सकिने मन्त्रालयले ढाँचा पठाएको छ ।
Advertisement 3