नेपाली प्रशासनिक इन्साइक्लोपिडियाहरु

राज्यका नागरिकहरूको सामाजिक,आर्थिक,राजनैतिक,कूटनीतिक कल्याणकारी लगायत सर्वाङ्गीण विकासका क्रियाकलापहरूको सञ्चालन गरी सरकारको अर्थपूर्ण सहभागिता नागरिक सम्म पुर्‍याउने माध्यम नै सार्वजनिक प्रशासन हो।सार्वजनिक प्रशासन मानव सभ्यता जत्तिकै पुरानो हो तथापि समाजशास्त्रको सिद्धान्तले सन् १८८७ मा Pro Woodrow Wilson को किताब “The study of public Administration” को प्रकाशन भए पश्चात् सार्वजनिक प्रशासनले छुट्टै विधाको रूपमा स्थान पाएको छ। यस अघि प्रशासन र राजनीतिको सीमा रेखा थिएन।सार्वजनिक प्रशासनका पिता भनेर चिनिने Pro Woodrow Wilson ले सार्वजनिक प्रशासनलाई Most obvious Parts of government भनेर टिप्पणी गरेका थिए। म्याक्स वेवरले कर्मचारीतन्त्रको परिकल्पना गरे । टेलरले बैज्ञानिक व्वस्थापनको सिध्दान्त ल्याए । मास्लोको आवश्यकताको प्राथमिकताको सिध्दान्त र हर्जवर्गको ह्याइजिनको सिध्दान्त प्रशासनिक क्षेत्रका चलनचल्तीका शव्दावलीहरु हुन् ।

Advertisement 1

मास्लोले शारीरिक आवश्यकता जुन आवश्यकताभित्र गाँस, बाँस, कपासका अतिरिक्त आराम तथा पुनर्ताजगी, कार्यसम्पादनमा भौतिक सुबिधा तथा उचित कार्य घण्टा पर्दछन्। सुरक्षा आवश्यकतामा सुरक्षित कार्य अवस्था, जागिरको सुरक्षा, तथा उचित पारिश्रमिक तथा सुबिधाहरु पर्दछन्। सामाजिक आवश्यकताभित्र सहकर्मीको मित्रवत् व्यवहार, ग्राहकसँग अन्तर्कृया,उपयुक्त सुपरिवेक्षक, समाजमा स्वीकार्य, प्रेमपूर्वक रहने, सामाजिक संगठनमा संलग्न रहने, समितिहरूमा रहने आदि पर्दछन्। अहम् आवश्यकता अन्तरगत आत्मसम्मान, उच्च तथा मर्यादित ओहदा, इज्जत तथा प्रतिष्ठा, स्वतन्त्रता, प्रशंसा, हाकिमद्वारा मान्यता तथा पहिचान आदि पर्दछन्। आत्म सन्तुष्टि आवश्यकतामा सिर्जनशील तथा चुनौतीपूर्ण कामको अपेक्षा, निर्णयमा सहभागी हुन पाउने अपेक्षा तथा कार्यमा स्वायत्तताको अपेक्षा यस आवश्यकताभित्र पर्दछन्।

संयुक्त राष्ट्र संघीय जनप्रशासन नेटवर्क जनप्रशासनको अन्तर्राष्ट्रिय संजाल हो । यी सवै प्रशासन क्षेत्रका पर्याहरुहरु हुन् । यिनलाइ प्रशासनका इन्साइक्लोपिडिया पनि भन्ने गरिन्छ । टेड र ग्याव्लरको रिइन्भेन्टिंग गभर्नमेन्ट आफैमा इन्साइक्लोपिडिया बनेको छ । इन्साइक्लोपिडिया ज्ञानको सागर भन्ने शव्द संग सम्बन्धित छ । विश्व इतिहासलाइ हेर्ने हो भने विविध क्षेत्रका इन्साइक्लोपिडिया को उपाधी दिन योग्य श्रष्टाहरु तयार भएका छन् । प्रशासनको इन्साइक्लोपिडियाको कोटिमा धेरै व्यक्तिहरु तयार भैसकेका छन् यि मध्ये केहीको नाम यहां उल्लेख भैसकेको छ ।

Advertisement 2

विश्व प्रशासनिक इतिहासको प्रारम्भ संगै नेपालको प्रशासन पनि शुरु भएको हो । हालाकि यसको विधिवत अभिलेख अलि पछिका मात्र पाइने गर्दछन् । पृथ्वी नारायन शाहो हितोपदेश संभवत एउटा असल प्रशासनिक मार्गदर्शक अभिलेख हो । राम शाहको न्याय नपाए गोरखा जानु सुशासनको एउटा गतिलो उदाहरण हो । जनताको धुरी वाट धुवा आएपछि मात्र जनातले खान पाएछन् भनी आफूले भोजन गर्ने राजा देखि लिएर शंखधर साख्वा नेपालका प्रशासनिक इन्साइक्लोपिडिया हुन्। यी सवलाइ निजामती सेवाको एकीकृत अवधारणामा ल्याउने र व्यवस्थित प्रशासनिक परिपाटी निर्माण गर्ने टंक प्रसाद आचार्य प्रशासनका आदि अर्थात पायोनियर इन्साइक्लोपिडिया हुन्।

प्रा डा भीमदेव भट्टको विकास प्रशासन अन्य धेरै पुस्तकहरु र उहांद्धारा लेखिएका असंख्य लेखहरु संभववत नेपालको प्रशासनिक क्षेत्रको लागि लिखित जीवित अभिलेखहरु हुन् । प्रशासनका विषयमा धेरै कलम चलाउने र यस्ता लेख र विचारको खडेरीलाइ पुर्ने प्रा. डा. भीमदेव भट्ट साच्चै नै नेपाली प्रशासनिक इन्साइक्लोपिडिया हुन्। भीमदेव भट्टको नाम विनाको नेपाली प्रशासनिक क्षेत्रको अध्ययन अपूरो हुने गर्दछ ।

Advertisement 3

पूर्व सचिव तथा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली अर्का नेपाली प्रशासनिक इन्साइक्लोपिडिया हुन् । प्रशासनका क्षेत्रमा विकसित नवीन अवधारणालाइ नेपाली सन्दर्भसंग जोड्ने र तदनुरुप विश्लेषण गर्ने क्षमतालेयुक्त विशिष्टता उमेश मैनाली संग छ । नेपालको प्रशासन सुधार र यसका प्रवृत्तीहरु राजनीति र प्रशासन लगायत प्रशासनका नवीन दायित्व मैनालीका लेखका विशेषताहरु हुन् । लोकसेवा आयोगका परीक्षार्थीहरु उनको लेख पढ्न रुचाउने गर्दछन।

यस्तै नेपाल सरकारका पूर्व सचिव डा दामोदर रेग्मी श्रृंखलाबध्द प्रशासनिक लेखका उत्पादनकर्ता हुन् । नेपालको प्रशासन व्यवस्थापन संघीयता आदि विषयको लेख चाहिएमा उनको नाम मात्रै गुगलसर्च गरियो भने कैयन सामग्री प्राप्त हुने गर्दछ ।हजारौ लेख र दर्जनौ पुस्तकका लेखक रेग्मी अर्का नेपाली प्रशासनिक इन्साइक्लोपिडिया हुन् । विश्व विद्यालयका जनप्रशासन व्यवस्थापन र वाणिज्य क्षेत्रका विद्यार्थीहरु उनका लेखहरु खोजी खोजी पढ्ने गर्दछन् ।

यसै गरि डा. विमल कोइराला, काशिराज दाहाल, रामकृष्ण तिमेल्सिना, मधुरमण आचार्य नेपाली प्रशासनिक इन्साइक्लोपिडियाहरु हुन् ।नेपालको प्रशासन क्षेत्रको चर्चा गर्दा यिनीहरुको नाम सदा सर्वदा अग्र श्रेणीमा आउने गर्दछ ।

प्रकाशित :२०८० पुष २३, सोमबार ०६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry