लोकसेवा आयोगको पत्रमा निर्वाचन आयोग ‘कन्भिन्स’,परीक्षा १७ बैशाखबाटै

बर्ष दिनदेखि रोकिएको भन्सार एजेण्टको परीक्षा आगामी १७ वैशाखबाट हुने भएको छ । यस अघि एजेण्टको परीक्षा रोक्न माग गर्दै अदालतमा रिट परेको थियो । निवेदक क्रिष्टिना थैवले भन्सार एजेण्टको परीक्षामा आरक्षणको माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश फैसला सुनाएसँगै भन्सार एजेण्टको परीक्षा लिने बाटो खुलेको हो । भन्सार विभागले २० बर्षपछि ६ सय ६० भन्सार एजेण्ट थप गर्न लागेको थियो । सो विज्ञापनमा ९५०० भन्दा बढीले आवेदन दिएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति आगामी ३० वैशाखलाई तय भएको छ । अहिले निर्वाचन आचारसंहिता समेत लागू भइसकेको छ । यस्तो अबस्थामा लोकसेवाले परीक्षा गर्न सक्छ वा सक्दैन ? यो चासोको बिषय हो ।

Advertisement 1

गत शुक्रबार लोकसेवा आयोगले भन्सार एजेन्टको परीक्षा अर्थ मन्त्रालयको आग्रहमा लोकसेवा आयोगले लिन लागेको कारण परीक्षा नरोक्न आग्रह गरिएको थियो ।लोकसेवा आयोगको आग्रहलाई बहादुर भवनमा रहेको अर्को आयोग (निर्वाचन)ले ग्रीन सिग्नल दिएसँगै दिएसँगै परीक्षा यही १७ वैशाखबाटै हुने जनाइएको छ । लोकसेवा आयोगको उक्त आग्रहमा निर्वाचन आयोग कन्भिन्स भएको र उस्ले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै यही १७ वैशाखबाटै परीक्षा सञ्चालन गर्न लागिएको भन्सार विभागले  जनाइएको छ ।

संवैधानिक आयोगले सञ्चालन गर्ने परीक्षा रोक्न नमिल्ने भएकाले परीक्षा सञ्चालनको अनुमति दिईएको आयोगले बताएको छ ।

प्रकाशित :२०७९ बैशाख ११, आईतवार ०९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry