घुस माग्ने मालपोतका कर्मचारी कुटिए

भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका कार्यालय सहयोगी निरज कडेल कुटिएका छन्। फाइल खोल्न घुस माग्ने कपिलवस्तु मालपोतका कर्मचारी कुटिएका छन । भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित् मिश्राले कँडेललाई कुटपिट गरेका हुन् । कँडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर सम्पर्क बिहिन बनेका थिए । कुटपिटका कारण कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ ।

Advertisement 1

दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरू बताउँछन । कुटपिट पछि मिश्रा मोबाइल स्विच अफ गरी फरार भएका छन्। कुटपिटबाट कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ। यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ। कार्यालयले मिश्रा विरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ। कुटपिट भएका कर्मचारी कँडेलको कार्यशैली प्रति अधिकांश लेखापढी व्यवसायी असन्तुष्ट रहेको दाबी छ। कुनै फाँटबाट अर्को फाँटमा फाइल पुर्‍याउँदा कँडेलले घुस माग्ने गरेको लेखापढी व्यवसायी बताउँछन्। कुनै कुरा चित्त नबुझे उजुरी दिन र आफूहरूलाई जानकारी गराउन सक्ने भए पनि कुटपिट गर्नु निन्दनीय कुरा भएको मालपोत अधिकृत टीका पौडेलले बताए।

Advertisement 2

कार्यालयका कर्मचारी माथि साङ्घातिक आक्रमण गर्ने व्यक्ति उपर कडा कारबाही भन्दा कडा कारबाहीको माग अगाडि बढाइने कार्यालयका प्रमुख मालपोत प्रमुख देवी बहादुर भण्डारीले बताए। मालपोतमा कर्मचारीहरुलाई अतिरिक्त पैसा नदिए फाइल अघि बढाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। मालमा लेखापढी र सेवाग्राहीले अतिरिक्त शुल्क दिने प्रथा अझै नहटेको सेवाग्राही बताउँछन्।

प्रकाशित :२०८० पुष २२, आईतवार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry