यी हुन कर्मचारीलाई अश्लिल बोल्ने तीन मन्त्री
कर्मचारीतन्त्रमा राष्ट्र सेवाका लागि खटिएका कर्मचारीहरु अमुल्य सम्पत्ति हुन । तर पछिल्लो समय नेताहरुको मानसिकता कर्मचारीलाई प्रधान शत्रु ठान्ने परिपाटीले डेरा जमाइरहेको छ । यस्कै पछिल्लो उदाहरण हो उपप्रधानमन्त्री ईश्वर पोखरेलको अभिव्यक्ति ।
अस्ति बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले कर्मचारीलाई झिंगे टसाँई भन्दै अपमान गरेसँगै कर्मचारीहरु उनको अभिव्यक्तिलाई लिएर आक्रोश पोख्दैछन् ।
सचिवहरूबिच अन्तरक्रियाको क्रममा मन्त्री पोखरेलले निजामती प्रशासनमा झिँगे टसाई सोच प्रमुख समस्या रहेको अभिव्यक्ति दिएका हुन् ।
उनले भनेका थिए,अहिले निजामती प्रशासनभित्र रहेको एउटा प्रमुख समस्या हो सोचमा सकरात्मक परिवर्तनको अभाव,निजामती प्रशासन अझैंसम्म झिंगे डसाई सोचबाट मुक्त हुन सकेको छैन् ।
यसलाई बिरासतमा पाएको भन्ने गरिए पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यस्लाई बुझ्नुपर्दछ । निजामती प्रशासनले परिणामले भन्दा परिणामलाई जोड दिने गरेको छ ।
Advertisement 1
यसरी मन्त्रीका अभिव्यक्तिका कारण कर्मचारी चिढिएको यो पहिलो घटना होइन् । यस अघि सञ्चारमन्त्री गोकुल बाष्कोटाले पनि कर्मचारीलाई यसैगरी चिढाए । बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलाल विजय मिश्रसँग कमिसनको कुरा गरे। सेक्युरिटी प्रेससम्बन्धि त्यही अडियोको कारण उनका मन्त्री पद खुस्कियो । उनले भनेका थिए यी मु कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन् । यो मु ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’
यसैगरी विवादमा तानिए अर्काे मन्त्री लालबाबु पण्डित । जो संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारीलाई बिझाउने शब्द प्रयोग गरेर चर्काे आलोचना खेपे । उनले कर्मचारीलाई थाङ्नेको उपमा भिराएपछि उनको चर्काे आलोचना भयो ।
आखिर किन कर्मचारीप्रति तीतो बोल्छन त मन्त्रीहरु ? पूर्व प्रशासक तथा साहित्यकार प्रतीक ढकाल ,एउटा फिल्डमा भएको मान्छेले अर्को फिल्डमा भएको मान्छेको अस्तित्व स्वीकार्न नसक्नु ठूलो समस्या देख्छन् । मन्त्री तथा नेताहरु राजनीतिक फिल्डबाट आउनुभयो । उहाँहरुलाई राजनीति नै सबैभन्दा ठूलो चिज हो जस्तो लाग्ने । राजनीति छ र देश छ जस्तो लाग्ने । तपाई पत्रकारिता फिल्डमा हुनुहुन्छ । पत्रकारिता छ र देशको सबै सुचना आइरहेको छ हामीले धानेका छौं । एउटा ड्राइभरलाई लाग्दो हो मैले गाडी चलाएको छु र देश जीवित छ । त्यस्तै व्यरोक्रेटलाई लाग्छ स्थायी सरकार छ र मैले देश धानिरहेको छु । यी मन्त्री त आउछन जान्छन् । हामीले एकले अर्कोको अस्तित्व स्वीकार्न नसकेको अबस्था हो । सामान्य अवस्थामा अस्तित्व स्वीकारिन्छ जब स्वार्थ मिसिन्छ तब अस्तित्व माइनस गर्न खोज्छ । तर खास मर्म चाँहि यी सबै छन् र देश छ । समाजमा हामी विविधथरीका मान्छे छौं र समाज जीवित छ । विविधतालाई स्वीकार्न नसकेकै कारण एकतन्त्रिय शासनलाई फालेर हामी विविधता व्यवस्थापन गर्ने समाजमा आइपुगेका हौं । त्यो उचाईमा पुगेका व्यक्तिले पनि समाजको मर्मलाई बुझ्न नसकेको देखियो । आनीबानीका कारणले पनि हुनसक्छ ।