यस्ता छन् संघीय मामिला मन्त्री अनितादेवीका १०० दिनका ३३ काम

पूर्व मन्त्री अमनलाल मोदीलाई बिस्थापित गरेर सामान्य प्रशासन मन्त्रीको कुर्सीमा अनिता देवी पुगेको शुक्रवार एक सय दिन पूरा भएको छ । यो एक सय दिनमा उनले गरेका ३३ वटा उपलव्धि सार्वजनिक भएको छ ।

Advertisement 1

एक कार्यक्रमका बीच मन्त्री अनितादेवीले हिजो एक सय दिनका उपलव्धि सार्वजनिक गरेकी हुन । जस अनुसार,ऐन नियम निर्माण तथा परिमार्जन सम्बन्धमा सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा उपर लोकसेवा आयोगको राय सहित नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई सङ्घीय संसद्मा विधेयक पेस गर्ने अवस्थामा रहेको,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधन विधेयकको तयारीको लागि सम्बन्धित निकायहरूसँग राय माग भई अन्तिम मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

यस्तै,स्थानीय तहको लागि विभिन्न विषयका थप ४ वटा नमुना कानूनको मस्यौदा तयार भएको ।स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई थप व्यवस्थित गर्नको लागि प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धी मापदण्ड तयार गर्ने कार्य अन्तिम चरणमा रहेको ।नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सरकारी एवं सार्वजनिक निकायका ८८४ जना अधिकृत कर्मचारीलाई प्रशिक्षण प्रदान गरिएको बिषयलाई प्रगतिका रुपमा समावेश गरिएको छ । यस्का अलवा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट सहायक स्तरका २७० जना कर्मचारीहरूलाई सेवाकालीन प्रशिक्षण प्रदान गरिएको, प्रदेश र स्थानीय तहका १२० जना अधिकृत कर्मचारीहरूको लागि सेवाकालीन तालिम सञ्चालन सम्पन्न भएको बिषयलाई समेत मन्त्रीका एक सय दिने प्रगतिका रुपमा समावेश गरिएको छ ।

Advertisement 2

यस्तै,प्रदेशमा कार्यरत कर्मचारीको अभिलेखलाई प्रविधिमैत्री बनाउने गरी पिस पोर्टल सुदूरपश्चिम प्रदेश सरकारसहित ७ वटै प्रदेशमा हस्तान्तरण भएको बताइएको छ । ०८० ०८१ को दोस्रो त्रैमासिक अवधि सम्मको लागि विनियोजित जम्मा बजेटको हालसम्म २३ दशमलव ४६ प्रतिशत खर्च गरेको मन्त्रालयले प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्पादन सम्झौतामा ७६ प्रतिशत प्रगति हासिल भएको जनाएको छ ।

Notices-20231221162621493_removed1703235571

 

Advertisement 3

 

 

 

प्रकाशित :२०८० पुष ७, शनिबार ०८:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry