पुरस्कार र पदक नपाउने कर्मचारीले राम्रो कामै गरेनन् भनेर बुझ्नु गलत हुन्छ

हामीले हरेक २२ भदौंलाई निजामती सेवा दिवसको रुपमा मनाउँदै आएको छ । बिगतका बर्षमा कार्यलय सरसफाई, राम्रा कर्मचारी छान्ने, निजामती पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रम गरिन्थ्यो । यस बर्ष कोरोनाको कहरकै बीच निजामती सेवा दिवस मनाउँदै छौं । धेरै भिडभाड नगरी हामीले यो बर्ष निजामती दिवस मनाउनु पर्ने छ । फरक ढंगले भन्दा पनि आ आफ्नो उदेश्यपुर्तिको लागि हामी सेवा दिवस मनाउने गछौं ।
निजामती सेवा भनेको राज्यको स्थायी संरचना हो । जसले राजनीतिले घोषणा गरेका उदेश्यहरु, नीति तथा कर्यक्रम, लक्ष्यलाई जनतासमक्ष पुर्याउने । जनतालाई त्यो सेवाको अनुभुत गराउने काम निजामती सेवाबाट हुन्छ । विभिन्न सरकारी कार्यालय, मन्त्रालय, विभागले अन्य संस्थाको उदेश्य अनुसारको सेवा प्रवाह गराउने माध्यमको रुपमा धेरै नै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । भविष्यमा पनि यसले अझ प्रभावकारी रुपले काम गर्दछ । हरेक बस्तुका दुईवटा पाटा हुन्छन् । निजामती सेवाभित्र पनि धेरै सकरात्मक र केही नकरात्मक पक्ष हुन सक्छन् । ब्युरोक्रेसी भनेको कर्मचारीको ठूलो सञ्जाल हो । विभिन्न पद सोपान अनुसार निजामती संरचना छ । विभिन्न स्तरका निजामती कर्मचारीहरुका आ आफ्नै इच्छा, आकाक्षाहरु, वृत्तिविकासका उदेश्यहरु पनि समाहित हुन्छन् । सेवा प्रवाहको सिलसिलामा कर्मचारीले चाहे वा सोचेझैं सबैं कुरा नहुन सक्छ ।
सीमित तलवमा काम गर्नु पर्ने हुन्छ । नेपालको निजामती कर्मचारीको तलबमान दक्षिण एसियाकै न्यून छ । अधिकृत स्तरको कर्मचारीको तलबमान समेत आधारभूत आवश्यकता पूरा गर्न नसकिने रहेको छ । भष्ट्राचार बढ्ने कारणमध्ये यो पनि एउटा हो । हरेक कुरामा हाकिमको मुख ताक्ने प्रवृत्ति आज पनि छ, हाकिम रिसाउला कि वा हाकिमले ठीक नमान्ला कि भन्ने सोच व्याप्त छ । यो चाहिँ सुधार्नु पर्ने पाटो हो । अनि हामीसँग साधन स्रोत पनि सीमित छन् ।
निजामती पुरस्कार वितरण गर्दा हेर्ने हो भने सवैलाई समेटिएको हुन्छन् । कार्यालय सहयोगीदेखि सचिवसम्म । सिंहदरबार मात्र नभइ दुर दराजमा काम गर्ने कर्मचारीहरु पनि समेटिएका हुन्छन् तर, कस्तो हुन्छ भने निजामती कर्मचारीहरु पुरस्कृत हुने हरेकका आकाक्षा हुन्छ । सम्भव भए सम्म उसले राम्रो गर्न खोजेको पनि हुन्छ । म पनि त्यसको हकदार हुँ कि भन्ने भन्ने उसको आकाक्षा हुन स्वभाविकै हो । तर, सरकारले सीमित स्रोत साधानमा रहेर तक्मा, पुरस्कार वितरण गर्दा सबै आकाक्षीहरुको आकाक्षा पूरा हुँदैन । उनीहरुमा हिनताबोध हुनु स्वभाविक नै हो । सरकारले उपयुक्त हिसाबले स्रोत वा साधनले भ्याएसम्म प्रदान गरेको छ । कुनै कर्मचारीले पदक विभुषण नपाउनु भनेको उसले राम्रो काम गरेन भन्ने अर्थमा लिनु पनि हुँदैन् । यसलाई सरकारको सीमित स्रोत साधनभित्र उ नअटाएको रुपमा बुझ्नुपर्दछ । सरुवाका निश्चित मापदण्ड, आधार हुन्छन् । त्यसलाई आधार मानेर सरुवा बढुवा गर्नु पर्छ । सरुवा बढुवाको ऐनमा नै व्यवस्था गरिएको छ । त्यहि अनुसार नै सरुवा वा बढुवा भइरहेको छ र हुनु पनि पर्छ ।

प्रकाशित :२०७८ भाद्र २०, आईतवार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry