चैत्रदेखि असारमसान्तभित्रैमा ११ सचिव,२० सहसचिव,६० उपसचिव अवकाश पाउँदै
चालु आर्थिक बर्षको यही चैत्रदेखि असारमसान्तभित्रैमा ११ सचिव घर जाँदैछन् । कर्मचारीहरुको अभिलेख राख्ने पुल्चोकस्थित निजामती किताबखानाको विवरण अनुसार यही चैत्रमा दुई सचिव घर जानेछन् । जसमध्ये गण्डकी प्रदेशमा प्रमुख सचिव विष्णुप्रसाद नेपालले अवकाश पाइसकेका छन् । यस्तै वैशाखमा तीन,जेठमा तीन र असारमा तीन जना सचिव अवकाश लिनेछन् ।
५८ बर्ष उमेर हद लागेर आगामी २७ चैत्रमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव तीर्थराज ढकालले अवकाश पाउनेछन् ।
Advertisement 1
वैशाखमा तीन जना सचिव घर जानेछन् । जसमध्ये आगामी ६ वैशाखमा बाग्मति प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको रुपमा कार्यरत डा मानबहादुर बिकेले अवकाश लिनेछन् । यस्तै ओली वंशावली समाजका महासचिव समेत रहेका हालका वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले २०७८ वैशाख ७ गते अवकाश पाउनेछन् ।
यस्तै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव मधुसुदन अधिकारीले २०७८ वैशाख २४ गते अवकाश र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले २०७८ जेठ ६ गते अवकाश पाउनेछन् । जेठ महिनामै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अवकाश पाउनेछन् । उनी आगामी ०७८ जेठ १४ गते अवकाश पाउनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले जेठ १५ गते अवकाश पाउनेछन् ।
यस्तै असार महिनामा अवकाश पाउने सचिवहरुमा हाल उपराष्ट्पति कार्यलयमा पठाइएका सचिव गोपीनाथ मैनाली छन् । उनले १ असारमा अवकाश लिनेछन् । रक्षा सचिव रेश्मीराज पाण्डेले असार २२ मा अवकाश लिनेछन भने हाल लोकसेवा आयोगका सचिव रहेका महेन्द्रप्रसाद गुरागाईंले पनि सोही दिन अवकाश पाउनेछन् ।
यस्तै यही आर्थिक बर्षका पछिल्लो चार महिनामा २० जना सह सचिव घर जानेछन् । उमेर हद लागेर घर जान लागेका सहसचिवहरुमा यादव सुवेदी, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, यज्ञराज बोहोरा, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदारप्रसाद पनेरु, टिकाराम ज्ञवाली, नरेन्द्र खड्का,नरेन्द्रसिंह भण्डारी, द्रोण पोखरेल, यज्ञबहादुर हमाल, दिगम्बर ठाकुर, जिवन प्रकाश श्रेष्ठ, किशोरी जोशी, हरी बखती, रुपनारायण भराई, दिर्घनारायण पौडेल, राजेश पौडेल, कञ्चनराज पाण्डे र मुरारी महत पनि रहेका छन् ।
यस्तै पछिल्लो चार महिनामै ६० जना उपसचिवले पनि अवकाश पाउदैछन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ सय १० जना विभिन्न श्रेणी तथा तह र श्रेणीविहिन कर्मचारीले अवकास पाइसकेका छन् । बाँकी ४ महिनाको अवधिमा ७ सय ८३ कर्मचारीले अनिवार्य अवकाश पाउदै छन् । यसरी हिसाव गर्दा नेपाल सरकारको मूख्य सचिवदेखि श्रेणीबिहिन कर्मचारी गरेर चालु आर्थिक वर्षभरीमा २ हजार ४ सय ८० जना कर्मचारीले अवकाश पाउने भएका छन् ।
Advertisement 2