मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक आज डाकेका छन् । बुधबार बिहान १० बजे बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ । बैठकमा विभिन्न विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ ।

Advertisement 1

भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।

 

प्रकाशित :२०८० पुष ४, बुधबार ०९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry