कर्मचारीको मुद्धा किन सधैं ‘हेर्न नमिल्ने’?
कर्मचारीको मुद्धा आज पनि हेर्न नमिल्ने भन्दै पेशी सारिएको छ । निजामती कर्मचारी भर्ना र पदपूर्ति विवादमा लोकसेवा आयोगविरुद्ध सर्वाेच्च अदालतमा २२ वटा रिट दायर भएका छन् । ०७५ सालको ती रिटको अझैं छिनोफानो भएको छैन । विभिन्न व्यक्तिको नामबाट परेका ती रिटलाई एकसाथ हेर्ने गरी लगाउमा राखिएको छ । तर पालो नआउँदा कर्मचारीको वृत्ति विकासमा गम्भीर समस्या परिरहेको छ ।
Advertisement 1
पहिलो पटक सुनुवाईका लागि गत ८ पुसमा न्यायधीशद्धय दीपककुमार कार्की,विश्वम्भर श्रेष्ठ र नहकुल सुवेदीको पूर्ण इजलाशमा पेशी तय भएको थियो । त्यस दिन पनि हेर्न नभ्याइनेको सूचीमा परेपछि लट्किएको मुद्धा आजका लागि न्यायधीशत्रय दीपककुमार कार्की,अनिल कुमार सिन्हा, हरि प्रसाद फुयालको इजलाशमा परेको थियो । सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
Advertisement 2
यस अघि गत मंसिरमा पेशीमा चढेको थियो गोला तान्दा न्यायधीश कुमार रेग्मीसहितको इजलाशमा परेपछि हेर्न नमिल्नेमा भयो । निवेदक रेग्मीको भतिज असिम पनि जोडिएका कारण अेर्न नमिल्ने भएको हो । हाल अधिकृत पदमा कार्यरत असिम लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका छोरा हुन ।
Advertisement 3
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अध्यादेशमार्फत कर्मचारी समायोजन गरे । त्यसबोला असिम रेग्मीको समायोजन भयो भरतपुर नगरपालिकामा । त्यसबेला असिमसहित ३४ जनाले रिट दायर गरे । असार ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको संवैद्यानिक परिषद् बैठकले अध्यादेशको बलमा लोकसेवा आयोगमा उनै माधव रेग्मीलाई नियुक्त गरेको थियो ।
न्यायधीश तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलाशले तल्ले तहमा समायोजन भएका अधिकृतको हकमा संघमा पद रिक्त हुँदाहुँदै तल पठाइएको भन्दै प्रशासनतर्फका ती ३४ अधिकृतलाई संघमा समायोजन गर्न आदेश दिएको थियो ।
शाखा अधिकृतमा नाम निकालेर ६३१ जनाको अन्तरवार्ता पनि भइसकेको अबस्थामा ३४ जनाको कोटा काटेर नतिजा प्रकाशन गर्ने गरी लोकसेवाले निर्णय गरेको थियो । सो निर्णयसँगै आर्थिक बर्ष ०७६/ ७७ मा प्रशाकित विज्ञापन नम्बर १६६९४ देखि १६७०० सम्मका खुला तथा समावेशीमार्फत अन्तर्वार्तारको नतिजा स्थगित भयो । ६३१ जनाबाट ३४ जनाको कोटा कटौती गर्ने निर्णयपछि अन्तर्वार्ता दिइसकेका परीक्षार्थीले फेरि रिट दिए । ती रिट सहित लोकसेवाको परीक्षा विवादमा हाल २२ वटा रिट विचाराधीन छन । यसमाथि गत आइतबारमात्र राजबहादुर सार्की,नमोनाथप्रसाद यादव,दिनेश भट्टराई,रबीन्द्र ओखेडा र अंकित शर्माले अर्काे रिट दायर गरेका छन् ।