छानबिनको घेरामा जनप्रतिनिधिदेखि सरकारी कर्मचारी

मीन ठकुरी
धनगढी । कैलालीको चुरे गाउँपालिक ४ गर्भामा अबैध रुपमा सल्लाका रुख कटान गरी विक्री गरेको पाइएको छ । गएको चैत महिनामा आवादी जग्गा देखाएर वन क्षेत्र भित्र पर्ने ८२ सल्लाका रुख कटान गरिएको तथ्य फेला परेको हो ।
सब डिभिजन वन कार्यालय खैरालाका अनुसार गत चैत महिनामा विभिन्न कित्तामा पर्ने ६५ वटा सल्लाका रुख कटान गरिएको छ । स्थानीयका अनुसार काटिएका रुख भैरव बेताल सामुदायिक वन मटेला र कोट, लाली गुराँस सामुदायिक वन सटा भन्ने स्थानमा पर्दछन् । तर स्थानीयले ८२ वटा सल्लाका रुख कटान गरिएको दाबी गर्दै आएका छन् ।
सब डिभिजन वन कार्यालय खैरालाका वन अधिकृत मनोज ढकालका अनुसार नापी कार्यालयका अमिनको नापजाँचका आधारमा ती सल्लाका रुख काटिएका हुन । काटिएका रुखको सार्बजनिक मुचुल्का तयार गरिएको ढकालले बताए ।
चुरे गाउँपालिका ४ का वडा अध्यक्ष सिबी लामिछानेले सम्पूर्ण प्रक्रिया पूरा गरेपछि जनप्रतिनिधीका तर्फबाट कार्यपालिका सदस्य पुष्पा बरैले सार्बजनिक मुचुल्कामा हस्ताक्षर गरेको प्रतिक्रिया दिए ।
चुरे गाउँपालिका ४ का गाउँपालिका अध्यक्ष चक्र बोगटीले काटिएका सबै रुख आवादीको नभई वन क्षेत्रका रुख भएको दाबी गरे । आवादीमा कुनै रुख नपरेको दाबी गर्दै अध्यक्ष बोगटीले भने आवादीको देखाएर वन क्षेत्रभित्र पर्ने सल्लाका रुख काटिएका छन् त्यसको आवश्यक छानबीन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।
Advertisement 1
सब डिभिजन वन कार्यालय खैरालाका वन अधिकृत मनोज ढकालका अनुसार काटिएका सल्लाका रुख आवश्यक प्रक्रिया पूरा गरिएको छ । उनले भने वन अतिक्रमण क्षेत्र खालि गरिएपछि आफूमाथि प्रतिशोध साध्न खोजिएको हो ।
स्थानीय बासिन्दाका अनुसार सबै काटिएका सल्लाका रुख आवादी जमिनमा नभई सामुदायिक वन क्षेत्र भित्र पर्दछन् । मिलोमतोमा सल्लाका रुख काटएका हुन एक स्थानीय भन्छन् हामीले बिरोध गर्दा पनि हाम्रो आवाजको सुनुवाई भएन् । काटिएका सल्लाका रुख धनगढीस्थि एक सःमिलमा बेचिएका छन् ।
Advertisement 2
डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीका अनुसार ‘आवश्यक प्रक्रिया पुगेको छ/ छैन भन्ने कुरा हेर्नुपर्ने’ बताए । ‘आवश्यक कागजात पुगेको छ छैन हेर्नुपर्ने हुन्छ,’ उनले भने ।