काठमाडौँ महानगरपालिकामा पौड्यालको इन्ट्री

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आइतबार पद बहाली गरेका हुन् ।

Advertisement 1

मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार सुनिश्चत गर्न सक्दो प्रयास गर्ने बताए ।

सो अवसरमा प्रशासन विभागका प्रमुख महेश काफ्लेले पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि अझ राम्रो बनाउन सहयोग पुग्ने उल्लेख गरे । विसं २०५३ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन्। उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रही काम गरिसकेका छन्।

प्रकाशित :२०७८ पुष १२, सोमबार १०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry