एक हाकिमका लागि ८ जना ‘सर्टलिष्ट’मा

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि ८ जनाको नाम सर्टलिष्ट गरिएको छ । सीईओ छनोट सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूमध्ये ८ जनाको नाम सर्टलिष्ट गरेको जनाएको छ ।

Advertisement 1

प्रमुख कार्यकारी अधिकृत छनौट सिफारिस समितिले उम्मेदवारी हालेकामध्ये उच्च अंक प्राप्त गर्ने आठ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको जनाइएको छ ।

खानेपानी लिमिटेडले गत असोज २३ गते सीईओका लागि आवेदन आह्वान गरेको थियो ।आवेदकमध्ये शैक्षिक योग्यता र अनुभवसहित सम्बन्धित कागजातको आधारमा मूल्याङ्कन गर्दा ४० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने सात जना र सातौं स्थानका लागि बराबर अंक प्राप्त गरेका एक उम्मेदवारसहित आठ जनाको नाम सूचीमा समावेश गरिएको समितिले जनाएको छ ।

Advertisement 2

संक्षिप्त सूचीमा अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, उमेशबाबु मरहट्टा, डा डोलप्रसाद चापागाई दिपेन्द्रकुमार देव, प्रकाशकुमार राई, रमेश केसी र राजेन्द्र श्रेष्ठ परेका हुन् ।

Advertisement 3

सर्टलिष्ट भएकामध्ये ३ जनाको नाम सिफारिस गरिनेछ र तीन जनामध्येबाट एक जना सीईओ बन्नेछ । सीईओको कार्यकाल चार वर्षको हुनेछ ।

प्रकाशित :२०८० मंसिर २०, बुधबार १७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry