नेपाल निजामती कर्मचारी संगठनमा कार्यालय कब्जाको होडबाजी

एमाले विभाजन असर सबैभन्दा ठूलो र पूरानो नेपाल निजामती कर्मचारी संगठनमा पनि परेको छ । दुवै पक्षले गत शनिवार आ –आफनो समुह मजवुत बनाउँदै संगठनलाई पूर्नसंरचना गरेपछि सिंह्दरबारको मुखैमा रहेको नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कुन पक्षले कब्जा गर्ने भन्ने विवादमा छ ।
संगठनको ओली पक्षधर खेमाको बैठकले अध्यक्षमा केदारप्रसाद देवकोटालाई चयन गरेको छ भने माधव नेपाल खेमाबाट पूर्व महासचिव रेवन्त गौतम अध्यक्षमा चयन गरेको थियो ।

Advertisement 1

दुवै पक्षले आफुहरु आधिकारिक रहेको भन्दै कार्यालय कब्जा गर्ने योजना बनाएपछि झडपको स्थिती निम्तिएको थियो । सिंहदरबारको पश्चिम गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा दुवै पक्षका बीचमा नाराबाजी र झडपको अवस्था भएपछि प्रहरी पुगेर कर्मचारीलाई पक्राउ गरी राती अबेर छोडिदिएको थियो ।

कर्मचारी संगठन विभाजनसँगै आधिकारिकताको विवाद बढेको छ । घिमिरे पक्ष आधिकारिकता दाबी गर्दै श्रम कार्यालयमा गएको छ । गौतम नेतृत्वको संगठन नै आधिकारिक भएकाले केन्द्रीय कार्यालय पनि स्वभाविक रुपमा आफूहरुकै हुने दाबी महासचिव शरण गुरुङले गरेका छन् ।बबरमहलमा रहेको संगठनको केन्द्रीय कार्यालय आफूहरुको प्रयासमा बनेको महासचिव गुरुङले बताए । उनले भने–हामीले तिरेको लेबीले बनेको कार्यालयमा हामीलाई रोक्न खोज्नु दुर्भाग्यपूर्ण हो ।

Advertisement 2

 

प्रकाशित :२०७८ आश्विन ५, मंगलवार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry