जङ्गी अड्डामा यस्तो पनि भएको थियो एक दिन

जंगी अड्डामा चीफ साबको सवारी हुन्छ । गाडीको ढोका खोल्न केही थान सहायक रथीहरुको लाइन लागेर बसेको छ । चीफसाब सिधै रथीको अफिसमा छिर्छन् । पछि पछि आएका तीन जनालाई देखाउँदै भन्छन्- “अरु को को जान्छन् थाहा छैन तर यिनीहरुलाई अहिले नरोक्नु” प्रसंग नेपाली सेनामा हाल शुरू भ‌एको जन्ममिति विवादकै हो तर जोडिन्छ राष्ट्रियतासंग !!!
तत्कालीन रथी प्रभुराम शर्मालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले ताराध्वज पाण्डे,अशोक सिग्देल र निर्मल थापाको सन्दर्भमा दिएको आदेश हो यो । शर्मा सैन्री अधिकृतहरुको जन्म मिति तथा कागजात छानविन समिति प्रमुख थिए र उनीहरूसहित धेरैको कागजात सही नभ‌एको पक्का प्रमाण भेटिइसकेको थियो । निजामती वा प्राइभेट कम्पनीमा भ‌ए “किन,कसो, हुँदैन” भन्ने जवाफ आउँथ्यो होला तर सेना कमाण्डमा चल्ने संस्था भ‌एको र चीफको आदेश तामेल नगर्दा आफ्नै लाइन बिग्रन सक्ने भ‌एकाले “हुन्छ” भनिदिए,जसको परिणाम अहिले आएको छ ।

Advertisement 1

पन्चायतकालमा सेनाको अधिकृत हुन योग्यताभन्दा पनि दरवारको कृपा चाहिन्थ्यो । पहिला भर्ना हुने अनि कागजपत्र जुटाउने काम हुन्थ्यो । धेरै जनाको पारिवारिक पहुंच हुन्थ्यो भने कसैको आफन्त दरवारिया हुन्थे । छनोट पनि सेनाले गर्थ्यो,लोकसेवा आयोगलाई अधिकार थिएन । कतिपय बेला सेनाका भर्ना छनोट गर्ने अधिकारीहरु स्कूल,कलेजमा ग‌एर फुटबल,भलिबल,बास्केटबल खेल्नेहरुलाई पढाईअनुसारको दर्जामा नियुक्त गरिदिन्थे र कागजात मिलाउन पठाइदिन्थे । यसरी जागीर खाएकाहरुको कागजात चेक जांच हुँदैन थियो,यस्तो ताल भएपछि कागज कहाँबाट सक्कली हुन्छ ? ४-५ जना उपरथी,७-८ जना सहायक रथी लगायत तीन दर्जन घर जाँदा तीन जना जोगिन पुगे । ताराध्वज पाण्डेलाई उपरथीको फुली लगाउँदै पूर्णचन्द्रले “मैले गर्दिएँ,पछि के हुन्छ मिलाउनु”भनेकै हुन् ।
यसरी उपरथी भएका ताराध्वज पाण्डे पदावधि थप हुनु र अनन्त कार्की,प्रेम शाहीको जागीर जानु संगै मिलेकाले चीफको लाइनमा पुगे । ताराध्वज पाण्डेको अत्यधिक मदिरापान गर्ने खराब बानी धियो । अरु बेला नरम मान्छे,खाएपछि मनको भडास पोख्थे । गत जेठतिर सोल्टी होटलमा संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा उनको असली रुप देखियो । भारतीय दूतावासका सह सैनिक सहचारी अमित शर्मालाई आमाचकारी बोले, सेनाकै कार्यरथीलाई थु थु गरे । यति भ‌एपछि उनी संभार रथी हुँदादेखि बनाएको भारतीय नरम छवि बिग्रियो र चलखेलको अवसर अर्का जर्नेलले पाए ।

अशोक सिग्देल र ताराध्वज पाण्डे संगै क्याम्पस पढेका ब्याची हुन् । दुवै जनालाई एक अर्काको कमजोरी थाहा थियो । पूर्णचन्द्रले घर पठाउन लाग्दा ताराध्वजले नै जोगाइदिएका हुन् । अशोक सिग्देलले नीति विभागमा हुँदा भारतलाई सहयोग हुने काम गरेका छन् । शान्ति सेनाको लागि चीनबाट बख्तरबन्द गाडी किन्न लाग्दा रोकेर भारतबाट १६ वटा गाडी किनिदिएका थिए । भनिन्छ,अहिले पनि उनीमार्फत भारतीय कम्पनीले स्पेसिफिकेशन जस्तो सूचना पाइरहेका छन् ।
माओवादी पार्टी मात्र होइन,नेपालमा साउथ ब्लकले त्यस्ता धेरै गोटी राखेको छ । पूर्णचन्द्रलाई शशीभवनमै “र” एजेन्टहरुले भेटेकै हुन् । प्रचण्डको रहर यमबहादुर अधिकारीलाई उकास्ने छ भने त्यसले सेनामा असन्तुष्टि ल्याएर नेपाल अस्थिर भ‌इरहोस् भन्ने दिल्लीको दाउ प्रष्ट छ ।यो लेखको उद्देश्य निर्मल थापाजस्ता कैफियतवाला सर्टिफिकेटधारी वा सन्तोष ढकालजस्ता नेपाली सेनाको वास्तविकता नबुझेको मान्छेहरु चीफ बनुन् भन्ने होइन । योग्य त ताराध्वज पाण्डे र अशोक सिग्देल नै हुन् तर यसरी राजीनामा दिएर उन्मुक्ति पाउने होइन २०४३ सालदेखिको हिसाब माग्नुपर्छ ।
चीफसाब,

Advertisement 2

ताराध्वजले जुन तरिकाले राजीनामा दिए अशोक सिग्देलको कुरा पनि उही हो,छानविन गरेको तपाईंले नै हो। अहिले रथी रिक्तताको अवस्था आउनुमा अशोक सिग्देल,निर्मल थापा र सन्तोष ढकालहरुको पनि ठूलो हात छ। प्रचण्ड निवासमा ग‌एर भेट्दा के के कुरामा सहमति जनाएका छन् हामीलाई के थाहा ? प्रमाण पनि भेटिइसकेको छ भने कोर्टमार्शल गरेर घर पठाइदिनुहोस्,प्रेम शाहीलाई मिल्ने,यिनलाई नमिल्ने के छ ? तपाईंले सिफारिस नगरी कोही बढुवा हुँदैन भने किन मन्त्रीलाई सोध्नुहुन्छ ?यसमा माया,दया,भेगी केही नहेरी राष्ट्र र नेपाली सेनाको हित हुने काम गर्ने हो ।
-नेपाली सेनाको भलो चाहने सचेत नागरिक -जन आस्था

प्रकाशित :२०८० मंसिर १६, शनिबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry