कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने

काठमाडौं। अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिका बारेमा कलम चलाउने महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न आवश्यक भएको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।
Advertisement 1
मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले फेड्रिक इबर्ट स्टिफटुङसँगको सहकार्यमा आयोजित ‘अन्तरराष्ट्रिय सम्बन्ध र सञ्चारमाध्यमका विमर्शमा लैङ्गिक धारणा’ विषयको छलफलमा उनीहरूले कूटनीतिक विधामा लेख्न महिला पत्रकारलाई अभिप्रेरित गर्नुपर्ने बताएका हुन्।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नीतु पण्डितले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति बारेमा लेख्ने महिला पत्रकारको सङ्ख्या जम्मा ६ प्रतिशत रहेको बताइन्।
Advertisement 2
गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले कूटनीतिक मुद्दामा कलम चलाउने सीमित महिला पत्रकार रहेकाले यो क्षेत्रमा अझ धेरै लेख्न महिलालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
पत्रकार शन्त गाहामगरले समावेशीता बिनाको ‘न्यूजरुम’ अपूरो हुने बताउँदै सम्पादकीय धारणा परिवर्तन गर्नु जरुरी भएको सुनाए।
Advertisement 3
माइ रिपब्लिका दैनिकका सम्पादक कोषराज कोइरालाले कूटनीतिबारे महिला पत्रकारलाई प्रशिक्षणको व्यवस्थाका साथै स्रोत र साधन उपलब्ध गराउन सम्बद्ध निकाय गम्भीर हुनुपर्छ भने।
–––


















