रासस समाचार प्रभावः तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था

जुम्ला। तिला गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ।
Advertisement 1
पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको समाचार राससले यही चैत १० गते सम्प्रेषण भएपछि बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो।
सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले पालिकामा कार्यरत वरिष्ठ कर्मचारी सुरेन्द्रसिंह साउदलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए।
Advertisement 2
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको माघको दोस्रो साता सरुवा भएपछि फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन नसकेको उनले बताए।
यसैबीच, पालिकामा चालु आर्थिक वर्षको प्रथम ८ महिनामा पुँजीगततर्फ कूल बजेटको १७ प्रतिशत मात्र खर्च भएको छ। पालिकाले यो आवमा रु २८ लाख ८ हजार ७५० राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु ९ लाख ९७ हजार सङ्कलन भएको जनाएको छ।
–––














