३ महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं। पछिल्ला ३ महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो।
Advertisement 1
तीमध्ये सबैभन्दा धेरै आक्रमण÷कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए। त्यसैगरी धम्की÷दुव्र्यवहारका १०, पेसागत असुरक्षाका ८, कब्जा÷अवरोधका ५ र नीतिगत बन्देजका २ घटना घटेको जनाइएको छ।
प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा ४, कोशीमा ३, सुदूरपश्चिममा १ घटना घटेका छन्। लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र ३ महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ। यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका २ घटना घटेकामा बागमती प्रदेशमा १ र मधेस प्रदेशमा १ घटना घटेका हुन्।
Advertisement 2
यसैबीच प्रेस काउन्सिल नेपालको १ टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो।











