सरकारी दस्तखत कीर्ते गरेको अभियोगमा नासु ढकाल पक्राउ

सरकारी दस्तखत कीर्ते गरेको अभियोगमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ ।

Advertisement 1

पक्राउ पर्ने नासु हुन गुरुप्रसाद ढकाल । ढकाल उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखामा कार्यरत रहँदा जनप्रतिनिधि र अन्य कर्मचारीको किर्ते हस्ताक्षर गरेर आर्थिक कार्यका गतिविधि गरेको अभियोगमा उनी पक्राउ परेका छन् ।

४७ बर्षीया ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पछि उनी सम्पर्क विहिन बनेका थिए । ढकालविरुद्ध एक महिनाअघि पक्राउ पुर्जी जारी भए पनि फरार थिए । उनलाई सोमवार पक्राउ गरिएको हो ।

Advertisement 2

ढकालविरुद्ध पाँच दिनको म्याद थप गरेर अनुसन्धान शुरू गरिएको छ ।

प्रकाशित :२०८० मंसिर १३, बुधबार १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry