भूमिसुधारबाट उठाइनुपर्ने टिप्पणी फाइल जब भौतिकको आर्थिक प्रशासन शाखाबाट उठाइयो

निजामती वृत्तमा अहिले तरंग पैदा भएको छ । तंरगीत हुनुपर्ने कारण छ बहालवाला सचिवहरु धमाधम पक्राउ पर्नु ।त्यो पनि टिप्पणी उठाएकै आधारमा । अस्ति आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमानस्थलको ढोकाबाटै थुतेर सिआइबीले समात्यो सचिव कृष्ण राउतलाई ।
अख्तियारले हात उठाएको यो प्रकरणमा सिआइबीले हात हालेको थियो । सिआइबीले राउतका नाममा पक्राउ पूर्जी जारी गरिसकेको थियो । पक्राउ पूर्जी जारी भइसकेपछि उनी तनावमा थिए । सञ्चार मन्त्रालय स्रोतका अनुसार,उनी आइतबार तीन बजेसम्म मन्त्रालयका विभिन्न बैठकहरुमा सहभागी थिए । ललिता निवास जग्गा प्रकरणमा जोडिएका १७८ कर्मचारीमध्ये हिट लिष्टमा थिए राउत ।

Advertisement 1

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राउत स्वदेश नै छाडेर विदेशी मुलुकमा भाग्ने तयारी गरिरहेको गोप्य सूचना पाएपछि उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाएको छ । राउत यति एयरको एनवाईटि–७९३ नम्बरको उडानबाट विराटनगर जाने तयारीमा थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले जहाजको ढोकाबाट थुतेर ल्याएको बताइएको छ । नेपाल नै छाडेर विदेशिने तयारी गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनलाई विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ । राउतले विराटनगर हुँदै भारत जाने र त्यतैबाट तेश्रो मुलुक जान लागेको सूचनाका आधारमा उनलाई एयरपोर्टबाट पक्राउ गरिएको सिआइबी स्रोतले जनाएको छ ।यस अघि यही प्रकरणमा जोडिएका तत्कालीन सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई पक्राउ गर्न खोजिएको थियो । पक्राउ पूर्जी जारी हुनु अगावै उनी भागेर दिल्ली पुगिसकेका छन् । राउत पनि उसैगरी भाग्ने तयारीमा थिए । सिआइबीले त्यसको सुँइको पाए पछि विमानस्थलबाटै पक्राउ गरेको हो ।
सिआइबीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका बहाल र निवृत्त गरी १७८ कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ,तिनैमध्यका एक हुन राउत ।
राउत भौतिक योजना मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा यस प्रकरणमा जोडिएका थिए । ०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए । त्यतिखेर विजय गच्छदार मन्त्री र सचिव थिए दीप बस्न्यात । सो प्रस्तावमा तत्कालीन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
यो प्रकरणमा राउत किन र कसरी तानिए ? सिआइबी स्रोतका अनुसार, एउटा मन्त्रालयबाट उठाउनु पर्ने टिप्पणीको फाइल अर्काे मन्त्रालयबाट उठाँइदा सचिव कृष्ण राउत फन्दामा परेका हुन ।
वैदेशिक अध्ययन सकाएर स्वदेश फर्किएका राउत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आर्थिक प्रशासन शाखामा कार्यरत थिए । त्यही समय भूमिसुधार मन्त्रालयबाट उठ्नु पर्ने टिप्पणीको फाइल भौतिक मन्त्रालयबाट उठाइएको भेटिएपछि यो प्रकरणमा राउत मुछिएका हुन । भौतिक मन्त्रालयको कानुन माहाशाखाबाट उठाइनुपर्ने टिप्पणी फाइल आर्थिक प्रशासन शाखाबाट उठाइएको भेटिएपछि राउत यो प्रकरणमा अनुसन्धानको घेरामा तानिएका हुन उनी ।

निजामती वृत्तभित्र इमान्दार प्रशासकका छवि बनाएका राउत शालीन, सदाचारी प्रशासकका रूपमा परिचित थिए । त्यस्तो व्यक्ति बालुवाटार सरकारी जग्गा हिनामिनामा संलग्नको आरोपमा पक्राउ परेका हुन,अस्ति आइतबार ।एकाथरी कर्मचारी र कर्मचारी ट्रेड युनियनकर्मीहरुको रोइलो शुरु भएको छ,टिप्पणी उठाइएकै आधारमा कर्मचारी पक्राउ गरिएको भन्दै भर्सना गर्दैछन्,केही संगठनले विज्ञप्ती नै निकालिसकेका छन् ।

Advertisement 2

माथिल्ला तहका प्रशासकदेखि नेता तथा मन्त्रीहरुले लगाए वा अह्राएकै भरमा कलम घुमाउँदा फन्दामा पर्ने बिषयमा कर्मचारीहरुले बेलैमा विवेक नपुर्याउँदा फन्दामा परेका हुन राउत भन्दैछन्,एकाथरी प्रशासकहरु चाहिँ ।सार्वजनिक प्रशासनमा रहेर पदको मर्म र मर्यादा नबुझ्दा कर्मचारीहरु कसरी जाकिन्छन् भन्ने गतिलो उदाहरण हो यो । हाकिमको आदेश पालना गरेकै भरमा कर्मचारी सुरक्षित हुन सक्दैन भन्ने गतिलो उदाहरण पनि हो यो ।
यता निर्णय गर्नेहरू नफस्ने, निर्देशन मानेर टिप्पणी उठाउनेहरू फस्ने घटनाले सार्वजनिक प्रशासनको चीरहरण हुने कतिपय कर्मचारीहरू बताउँछन् ।

प्रकाशित :२०८० असार २७, बुधबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry