अवकाशको महिना दिन अगावै सचिव घिमिरेले किन दिए पदबाट राजीनामा ?
उर्जा सचिव दिनेश कुमार घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले महिना दिन अगावै सचिव पदबाट राजीनामा दिएका हुन । पूरै अवधि जागिर खाएको भए उनले ९ पुस २०८०मा अवकास हुने तय भएपनि पेन्सन सुविधा बढाउनका लागि घिमिरेले एक महिनाअघि नै राजीनामा दिएका हुन् । घिमिरेले दिएको राजीनामा आजको क्याविनेटले स्वीकृत गरिसकेको छ ।
Advertisement 1
कर्मचारीतन्त्रमा सेवा अवधि सकिनु अगावै राजीनामा दिने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको छ । अनेक कारण देखाउँदै राजीनामा दिनुका पछाडिको मुख्य कारण निवृत्तभरणमा आउने फरकले हो । ३० वर्ष सेवा अवधि पुगेकाले अवकाश हुनुको एक दिनअघि राजीनामा वा अवकाश लिए पनि उक्त सेवा अवधि ६० वर्षको हुने र निवृत्त भएपछि पाउनेभन्दा बढी पेन्सन पाइने लोभले राजीनामा दिने गरेको छ । अवधि छँदै राजीनामा दिनेको हकमा एक वर्षमा २ प्रतिशत बढी पेन्सन पाइने प्रावधान छ ।
निजामती सेवा ऐनअनुसार तीस वर्ष सेवा अवधि पुगेका कर्मचारीले अवकाश हुनुअघि राजीनामा दिए २ वर्षको थप पेन्सन पाइन्छ । निजामती सेवा ऐनमा पहिले
६० वर्ष सेवा अवधि थियो । पछि त्यसलाई ५८ मा झारिएपछि ६० वर्षकै गणना गरी पेन्सन दिने व्यवस्था गरिएको एक जना प्रशासकले इकर्मचारी डटकमसँग बताए । उनले भने,सात दिन अगाडि जागिर छाडेर जिन्दगीभर बढी सेवा सुविधा पाइन्छ भने जस्ले पनि लोभ गर्ने भए ।
Advertisement 2
पेन्सनका लोभमा दुई चार दिन अगावै राजीनामा दिनेहरु चाँहि फटाहा हुन । दिनेश घिमिरेले ठीकै गरेका हुन महिना दिन अगाडि राजीनामा दिएर,एक जना पूर्व प्रशासकको भनाई हो यो चाहिँ ।
यसरी थप पैसा पाइने लोभले राजीनामा गर्दा सरकारलाई थप व्ययभार परिरहेको छ । यो सुविधा कोहीले पाउने र कोहीले नपाउने हुँदा एउटै पदका सचिवको पेन्सन समेत तलमाथि परेको देखिन्छ ।
Advertisement 3
सचिव घिमिरे भन्छन्,:समाचारमा लेखिएजस्तो होइन