पर्यटनका हाकिम पालै पालो घुस काण्डमा,महाप्रवन्धक ठाकुर निलम्बित

पर्यटन मन्त्रालयका एक पछि अर्का कर्मचारी भ्रष्टाचार र घुस प्रकरणमा डामिएर निलम्बनमा पर्न थालेका छन् ।

Advertisement 1

२२ लाख घुससहित रंगेहात पक्राउ परेका गोल्ड मेडलिष्ट उपसचिव प्रमोद नेपाल अहिले फरार छन् । विशेष अदालतमा वयान दिन पुगेका छैनन् ।
त्यस अघि नागरिक उड्यन तथा प्राधिकरण मातहतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल अख्तियारको फन्दामा परेको घटना नसेलाउँदै टिआइएका महाप्रवन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको अभियोगमा उनी निलम्बनमा परेका छन् । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको कुराकानीको अडियो प्राप्त भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरेको हो ।

Advertisement 2

ठाकुरलाई मन्त्रिस्तरिय निर्णयबाट निलम्बन गरेको हो । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित :२०७९ माघ २७, शुक्रबार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry