यस्ता छन् निजामती कर्मचारी संगठनको २८ बुँदे सुझाव :- ५० % तलब बृद्धि गर्नेदेखि करार कर्मचारीको सेवा सुरक्षा ग्यारेन्टीसम्म

आगामी १५ जेठमा नयाँ बजेट घोषणा हुँदैछ । बजेट कस्तो आउला ? कर्मचारीको तलब बढ्ला वा नबढ्ला ? आम कर्मचारीहरुले चासोका साथ हेरिरहेका छन् ।
कर्मचारी संगठनहरुले बजेटमा समावेश हुनुपर्ने विविध बिषयबस्तुलाई समेटेर अर्थ मन्त्री बिष्णु पौडेल समक्ष लिखित सुझाव पेश गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनले आगामी साउनदेखि सबै कर्मचारीको शुरु तलबमानमा ५० प्रतिशत बृद्धि गर्न सुझाव दिएको छ । यस्तै कोभिड १९ रोकथाम,नियन्त्रण र उपचारमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सहयोगी कर्मचारीलाई शतप्रतिशत कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । अन्य सेवा प्रवाहमा खटिने सबै कर्मचारीलाई २५ प्रतिशत कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । राष्ट्रसेवक कर्मचारीलाई एक लाखको कोरोना बिमा र २५ लाखको कोरोना जीवन बिमाको व्यवस्था गर्नसमेत सङ्गठनले माग गरेको छ । यस्तै संगठनले निजामती सेवा पुरस्कारको राशिलाई ५० प्रतिशत वृद्धिको राखेको छ । आधिकारिक ट्रेड युनियन निर्वाचन प्रयोजनका लागि बजेटको व्यवस्था गर्न पनि माग राखेको छ ।No photo description available.

Advertisement 1

संगठनले २८ बुँदे लिखित सुझाव पेश गर्दै कर्मचारीको आधारभूत तहका कर्मचारीको तलवमान र विशिष्ठ श्रेणीका सचिव तथा मुख्य सचिवको तलव अनुपात १ः५ कायम गर्न समेत माग गरेको छ ।

May be an image of text

Advertisement 2

संगठनले कर्मचारीहरुको पशोक भत्ता वार्षिक १५ हजार कायम गरी स्वदेशी कपडा उद्योग वा कम्पनीलाई प्रोत्साहन गर्न निजामती, सेना, प्रहरीलगायत राष्ट्रसेवकले प्रयोग गर्ने पोशाक नेपालमै उत्पादन गरिएको मात्र उपयोग गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रीलाई सुझाव दिएको छ ।

May be an image of text

Advertisement 3

यस्तै करारमा काम गरिरहेका कर्मचारीहरुको तत्काल लगत कायम गरी कुने कारणबाट आयोजना वा कार्यालय खारेजी वा दरवन्दी कटौती तथा स्थायी कर्मचारीबाट पदपूर्ति भई विस्थापित भएकालाई अन्य कार्यालयमा करारमा कर्मचारी राख्दा ती विस्थापितमध्येबाट मात्र राख्ने गरी सेवा सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

May be an image of text

सुझावमा वर्षको एक पटक एक महिनाको तलवसहित ७ दिनको पर्यटन काज उपलब्ध गराई आन्तरिक पर्यटन प्रर्वद्धर्ननमा लगाउन माग गरिएको छ ।

प्रकाशित :२०७८ जेष्ठ १०, सोमबार १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry