बागमती प्रदेशले भ्रमण वर्ष मनाउने
बागमती प्रदेशले भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले उक्त विषयको आन्तरिक तयारी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई तोकिएको हो। पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए।
Advertisement 1
प्रदेश भित्रका धर्म, संस्कृति, जातजाति तथा ऐतिहासिक राजनैतिक आन्दोलनको विशिष्टतालाई समेट्ने गरी संग्रहालय स्थापना गर्ने नीति लिइने, बागमती प्रदेशलाई कला अनुसन्धान केन्द्रको रुपमा विकास गरिने, धार्मिक, सांस्कृतिक, पर्यापर्यटन तथा ग्रामीण पर्यटनको प्रवर्धनमार्फत् थप रोजगारी सिर्जना गरिने, स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन होमस्टेको प्रवर्धन तथा पर्यटकीय पूर्वाधार र सेवा सुविधाको विस्तार गरी पर्यटकीय गन्तव्य स्थल घोषणा गरिने, सन् २०२४ लाई बागमती प्रदेशभ्रमण वर्षको रुपमा मनाइने बताइएको छ ।