सूचनाको हकः अवधारण/परिचय/सिद्धान्त/उद्देश्य/व्यवस्था

विषय प्रवेशः
लोकतान्त्रिक शासन व्यवस्था, खुल्ला तथा पारदर्शी सरकार एवमं कानूनी शासनको मान्यतालाई स्थापना गर्ने सन्धर्वमा विकास भएको अवधारणा हो । राज्यकका काम तथा कारवाही बारेमा नागरिकको भनाइलाई सम्बोधन गर्दै जनसहभागिता को माध्यमबाट लोकत्त्रलाई जीवन्त तुल्याउने हुदा यसलाइ oxygen of democracy भन्ने गरिन्छ । बर्तमान समयमा विश्वका ज्ञघण् भन्दा बढि राष्ट्रले सूचनाको हक सम्बन्धि कानून निर्माण गरि उक्त हकलाई संस्थागत गरेको पाईन्छ ।
अन्तराष्ट्रिय अवधारणा र बिकासः
सर्वप्रथम स्वीडेनले Freedom Of The Press Act, 1766 लागु गरि विश्वमा सूचनाको हकलाई कार्यान्वयमा ल्यएको हो ।मानव अधिकारको विश्वब्यापी अवधारणा 1948 को धारा 19 मा प्रतेक व्यक्तिले सूचना माग्ने पाउने र प्रवाह गर्ने हकको व्यवस्था गरेको छ। त्यसैगरि सन 1966 मा अमेरिकाले Freedom Of Information Act, 1966  कानून निर्माण गरि सूचनाको हकलाई कार्यान्वयमा ल्यएको पाइन्छ । उक्त ऐन लाई तक्कालिन अमेरिकाका राष्ट्रपति Bill Clinton ले संशोधन गरी The Electronic Freedom Of Information Act 1999 स्वीकृत गरी सूचनाको हकलाइ थप व्यापक विस्तार गरेका थिए ।  सन 1990 को उदारिकरणको समय सम्म विश्वका करिव 13 राष्ट्रले सूचनाको हक सम्बन्धि कानून निर्माण गरि त्यसको प्रचलनका ल्याए, उक्त समय पश्चात सूचनाको हक विश्वव्यापी अभियानको रूप धारण गरेको पाइन्छ । छिमेकी राष्ट्र भारतले सन 2005 जून 5 मा Right To Information Act 2005
जारी गर्यो, भारतमा सूचनाको हकको पूर्ण कार्यान्वयमा ल्याउन Public information Officer, Assistant  Public information officer जस्ता व्यवस्था गरिएको छ । बुल्गेरियामा सन 2016 देखि universal access to information का रुपमा रुपान्तरण गरि हरेक वर्षको सेप्टेम्बर 28 लाइ अन्तराष्ट्रिय दिवसको रुपमा मनाउन थालनि भयो ।
#राष्ट्रिय अवधारणा/विकासः-

सूचनाको हक विश्वब्यापी विकास र विस्तार भएसङ्गै त्यसको सकारात्मक प्रभाव नेपालमा पनि परेको देखिन्छ । सूचनाको हकलाइ संविधानमा सुनिश्चितता गर्ने दक्षिण एसियामा नेपाल पहिलो हो । सर्वप्रथम नेपाल अधिराज्यको संविधान, 2047 को धारा 16 मा मैलिक हक अन्तरगत सूचनाको हकको व्यवस्था गरेको थियो । संवैधानिक विकासक्रम संगसंगै नेपालको अन्तरिम संविधान, 2063 को धारा 27 मा सूचनाको हकलाइ निरन्तरता दिइयो । तत् पश्चात सूचनाको हक सम्बन्धि ऐन, 2064  वि.स. 2064/04/05 गते व्यवस्थापिका संसदबाट प्रमाणीकरण भइ वि.स. 2064 भाद्र 3 गते देखि लागु भयो, सोहि लागु मिति लाइ आधार मानि नेपालमा हरेक बर्ष भाद्र 3 मा राष्ट्रिय सूचना दिवस मनाइने गरिन्छ । सूचनाको हक सम्बन्धि ऐन, 2064 को दफा 11 बमोजिम वि.स. 2065 फागुन 22 गते नेपालमा राष्ट्रिय सूचना आयोग को स्थापना भयो, जसमा एक जना प्रमुख सूचना आयुक्त र अन्य दुइ जना सूचना आयुक्त हुने ब्यबस्था रहेको छ । हाल कार्यान्वयमा रहेको नेपालको संविधान, धारा 27 मा सूचानाको हक लाइ मैलिक हकको रुपमा सुनिश्चित गरिएको छ ।

Advertisement 1

#सूचनाको हको परिचयः-

आफ्नो वा सार्वजनिक महत्वका सूचना सार्वजनिक निकाय बाट माग्न पाउने हक लाइ सूचनाको हक भनिन्छ ।

Advertisement 2

  • सूचनाको हक,  लोकतान्त्रिक पद्दतिमा सरकारले सञ्चालन गरेको काम कारवाहिलाइ नागरिक समक्ष पुर्याउने माध्यम पनि हो ।

सूचनाको हक सम्बन्धि ऐन, 2064 अनुसार सूचनाको हक भन्नाले,

  • सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचना माग्न र पाउने हकलाइ सम्झनु पर्छ
  • सार्वजनिक निकायमा रहेको कुनै लिखत सामाग्री वा सो निकायको काम कारवाहीको अध्यान वा अवलोकन गर्ने,
  • त्यस्तो लिखत को प्रमाणीत प्रतिलिपि प्राप्त गर्ने,
  • सार्वजनिक महत्वका निमार्ण कार्य भइरहेको स्थानको भ्रमण अवलोकन
  • कुनै सामाग्री प्रमाणीत नमूमा लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र माग्ने र पाउने हक लाइ सूचानाको हक भनि परिभाषित गरिएको छ ।

#सूचनाको हकको सिद्धान्तः-

Advertisement 3

  • बढी भन्दा बढी प्रकाशनको सिद्धान्त,
  • सूचना माथि सरह पहुचको सिद्धान्त,
  • सिमित गोपनियता/अपवादको सिद्धान्त,
  • सूचना प्रकासनको सिद्धान्त,
  • खुल्ला सरकारको सिद्धान्त,
  • न्यून लागतको सिद्धान्त,
  • सूचनादाता संरक्षणको सिद्धान्त,
  • स्वतःस्फूत प्रकाशनको सिद्धान्त,
  • कर्तव्य पालनाको सिद्धान्त,
  • पारदर्शीताको सिद्धान्त,
  • मानव अधिकार र मैलिक हको सिद्धान्त,
  • सार्वजनिक उत्तरदायित्वको सिद्धान्त,

# सूचनाको हकको उद्देश्यः

  • राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरुप खुल्ला र पारदर्शी बनाउनु,
  • राज्य वा सरकारलाई नागरिकप्रति जवाफदलेही र जिम्मेवार बनाउनु
  • सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वका सूचना आम नागरिकको पहुँचलाइ सरल र सहज बनाउनु
  • राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्बेदनशील सूचनाको संरक्षण गर्नु
  • नागरिकको सुसूचित हुने हकलाई संरक्षण गर्नु
  • खुल्ला सरकारको मान्यतालाई सफल बनाउनु
  • जनमुखि जनकेन्द्रित शासन ब्यवस्थाको थालनी गर्नु
  • गोप्य कार्यशैलिको अन्त्य गर्नु
  • नागरिक र सरकारको सम्बन्धमा थप विकास र वस्तार गर्नु
  • कानूनी शासन र सुशासनको मन्यतालाई सफलिभूत तुल्याउनु

#नेपालमा सूचनाको हकलाइ कार्यान्वय गर्न गरिएका व्वस्थाहरुः

(क) संवैधानिक व्यवस्थः

  • धारा, 27:सूचनाको हक
  • धारा, 28:गोपनियताको हक
  • धारा, 19 सञ्चारको हक
  • धारा, 20:न्याय सम्बन्धि हक (प्रतेक व्यक्तिलाई निज बिरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक हुनेछ ।)
  • धारा 51:(ख) राजनीतिक तथा शासन सम्बन्धि नीति (आम सञ्चारलाई स्वच्छ, स्वस्थ, निष्षक्ष मर्यादित  जिम्मेवार र व्यावसायकि बनाउने)

(ख) कानूनि तथा नीतिगत व्यवस्थाहरु

  • सूचनाको हक सम्बन्धि ऐन, 2064 र सो को नियमावली, 2065
  • सुशासन व्यवस्थापन तथा संचालन ऐन, 2064 सो को नियमावली, 2065
  • आम सञ्चार नीति, 2073
  • सूचना तथा सञ्चार प्रविधी नीति, 2072
  • सूचनाको हक कार्यान्वय अनुगमन निर्देशिका, 2076 लगायतका कानूनि व्यवस्थाहरु

(ग) संरचनागत व्यवस्थाः

  • सञ्चार तथा सूचना प्रविधी मन्त्रालय
  • राष्ट्रिय सूचना आयोग
  • सूचना विभाग तथा राष्ट्रिय सूचना प्रविधी केन्द्र
  • सूचना वर्गीकरण समिति लगायतका संरचनागत व्वयवस्थहरु

(घ) कार्यक्रमागत व्वयस्थाहरु

  • नागरिक बडापत्र
  • सार्वजनिक सुनुवाई
  • सार्वजनिक निकायका वेवसाइट
  • प्रतेक कार्यालयमा सूचना अधिकारी
  • RTI audit लगायतका कार्यक्रमागत व्यवस्थाहरु

अन्त्यमाः सूचनको हकले शासन व्वस्थालाई जनता प्रति जवाफदेहि, जिम्मेवार र उत्तरदायी बनाउनुको साथै लोकतन्त्र लाई सफलिभूत पार्ने तत्व को रुपमा लिने गरिन्छ । मुलुकका सबै सार्वजनिक निकायले यसको सफल कार्यान्वय गरि मुलुकमा सुशासन कायम गराउन उचित देखिन्छ ।

प्रकाशित :२०८० कार्तिक २१, मंगलवार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry