पछिल्लो तीन महिनामै १ हजार १ सय १३ कर्मचारीको सरुवा,२०९ लाई नयाँ नियुक्ति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्ला तीन महिनामा पछिल्लो तीन महिनामै १ हजार १ सय १३ कर्मचारीको सरुवा गरेको बताएको छ । मन्त्रालयले ८७ जना सहसचिवसहित उपसचिव,शाखा अधिकृत र तल्ला तहका कर्मचारी गरी साउनदेखि असोज मसान्तसम्ममा यो संख्यामा कर्मचारी सरुवा गरेको जनाएको हो ।
Advertisement 1
मन्त्रालयले साउन १ गतदेखि असोज मसान्तसम्ममा ८७ सहसचिव,उपसचिव २२ जनाको सरुवा गरेको जनाएको छ । यस्तै यो अवधिमा अधिकृतस्तरका ३३९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सामान्यले राजपत्र अनकित ६६५ कर्मचारीको यही अवधिमा सरुवा गरेको बताएको छ । मन्त्रालयका अनुसार,३ का लागि सरुवा सहमति,सचिवालय कामकाजका लागि ६ र कामकाजका लागि १० जना खटाइएको छ ।
Advertisement 2
यस्तै यो अवधिमा २०९ नयाँ नियुक्ति हुँदा १९ लाई नियुक्ति सिफारिस गरेको बताएको छ । यही अवधिमा स्थानीय तह कर्मचारी प्रशासनतर्फ २०३ उपसचिव र ४४९ शाखा अधिकृतहरुलाई कामकाज पदस्थापन र सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यही अवधिमा ४३ लाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएको मन्त्रालयले बताएको छ ।