उच्च तहका ३८ दरबन्दी थप्न फेरि चलखेल
तीन बर्ष अघि तुहिएको परराष्ट्रको दरबन्दी थप्ने प्रस्ताव फेरि अघि बढेको छ । तीन बर्ष अघि ७७ सालमै परराष्ट्र मन्त्रालयले अधिकृतदेखि सहसचिवसम्म गरी ३८ नयाँ दरबन्दी थप्ने प्रस्ताव अर्थ हुँदै सामान्य प्रशासनमा पुगेर अड्किएको थियो । दशैं लगतै सो प्रस्ताव फेरि अघि बढेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
Advertisement 1
अत्यावश्यकबाहेक नयाँ नियुक्ति नगर्ने सरकारको नीतिविपरीत परराष्ट्र मन्त्रालयले उच्च तहका सहसचिव,उपसचिव र शाखा अधिकृत तहको कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको छ। परराष्ट्रले राजपत्रांकित तहका ५ सहसचिव, १९ उपसचिव र १४ शाखा अधिकृत गरी ३८ नयाँ दरबन्दी थप्ने तयारी गरेको हो।
परराष्ट्र मन्त्रालयमा दरबन्दी थप्ने र वरिष्ठताको पुछारमा रहेका आफ्ना निकटस्थलाई ह्वात्त माथि पुर्याउने तीन वर्ष अघिदेखिको चलखेल झन् तीब्र भएको छ । ओ एण्ड एम अर्थात संस्थाको दरबन्दी, कार्यक्षेत्रलगायत विषयमा उठाइएको भनिएको फाइलको आवरणमा उक्त चलखेल भइरहेको बताइन्छ ।
Advertisement 2
जसमा ५ सहसचिव, १४ जना उपसचिव र १७ जना शाखा अधिकृतको दरबन्दी थप्ने तयारी चलिरहेको हो ।
यस अघि तीन बर्ष अगाडि परराष्ट्र मन्त्रालयले सहसचिव, उपसचिव र शाखा अधिकृत गरी ३८ दरबन्दी थप गर्न अर्थ मन्त्रालयको सहमति लिएर फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो । उक्त समयमा तत्कालीन समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति नदिँदा रोकिएको थियो ।
Advertisement 3
मन्त्री निकटस्थ केही जुनियर कर्मचारीहरुलाई बढूवा गर्ने उदेश्यले अहिले फेरि दरबन्दी थप्ने प्रस्ताव अघि बढाउने तयारी चल्दैछ ।