दशैंको मुखमा नीतिगत चलखेल :- विवादमा मुछिए उद्योग सचिव

नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा मुछिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी स्वत निलम्बनमा परेका छन् । त्यहीका अर्का सचिव मुकुन्द निरौला दशैंको मुखमा सुपारी,केराउ र मरिच प्रकरणमा मुछिएका छन् ।

Advertisement 1

दशैंको मुखमा सीमित व्यापारीलाई मालामाल हुने गरी आयात खुलाइने निर्णय गरेसँगै सचिव मरासिनी विवादमा तानिएका हुन ।

सरकारले दशैंको मुखमा व्यापारीहरुलाई पोस्ने गरी चलखेल गरेको छ । दशैंको मुखमा नीतिगत चलखेल गरी व्यापारीलाई फाइदा हुने गरी सुपारी, केराउ र मरिचको आयात खोल्न दिने निर्णय गरेको हो ।

Advertisement 2

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्के लगत्तै निर्णय हुने गरी सो प्रस्ताव पठाइएकोमा राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको हो ।

२०७६ चैतमा यी वस्तुको आयात नै बन्द गरिएको थियो । तर फेरि पछि सरकारले सुपारी तस्करहरुको दबाबमा परिमाणात्मक रुपमा खुला गर्ने निर्णय गरेको थियो । त्यसमा टे«डिङ र उद्योग दुबैलाई कोटा वितरण गरेको थियो । सरकारले केही सीमित व्यापारीहरुलाई लाभ हुने गरी सुपारी आयतलाई खुला गरेपछि यसको तस्करी बढ्दै आएको छ । सुपारी,केराउ,मरिच लगायतका आयात खुलाउन केही सांसद, गुट्खा उद्योगमा मालिकहरु लागि परेका थिए ।
उनीहरुकै स्वार्थ अनुसार दशैंको मुखमा सरकारको नीतिगत चलखेल गर्दै सुपारी, केराउ र मरिचको आयात खुलाएको हो ।

Advertisement 3

यससम्बन्धि निर्णय दशैंकै मुखमा राजपत्रमा समेत प्रकाशित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयात खुला गरेर नेपाली सुपारीलाई प्रतिस्थापन गर्ने र विदेशी सुपारी आयत गरी भारततर्फ तस्करी गर्न सहज बनाएको छ ।

उद्योगहरुको लागि भनेर यी सामानको आयात खुलाइएको छ । तर, यस्ता सामान भारतमा तस्करी हुन्छ । यसमा ठूलो नीतिगत चलखेल रहेको स्रोत बताउँछ ।

नेपाली उद्योगका लागि भनेर सरकारले आयात खोले पनि अवैध रूपमा ठूलो परिमाणमा सुपारी भारततर्फ निकासी हुने गरेको छ । सुपारी निकासीमा अर्बौं रूपैयाँको चलखेल हुने भएकाले सुपारी व्यापारीको सेटिङमा सरकारले आयात खुला गरेको अधिकारीहरु बताउँछन ।

प्रकाशित :२०८० कार्तिक ११, शनिबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry