सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
लोकसेवाले गत पुस ५, ६ र ९ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा प्रकाशित गरेको हो । जसअनुसारप्रशासन सेवातर्फ खुलातर्फ २ जना र आदिवासी जनजातीकोटाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ७९६ जनामध्ये खुला तर्फ ८ र आदिवासी जनजातीतर्फ ४ जनामात्र छनौंट भएका हुन ।
यस्तै परराष्ट्र सेवातर्फ जम्मा १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित १४६ जना उमेद्धारबाट ६ जनामात्र उत्र्तीण भएका छन् । न्याय र सरकारी वकिल समूहतर्फ १ जना माग गरिँदा सहभागी ६३ जनामध्येबाट ३ जना उमेद्धार अन्तर्वार्ताका लागि छानिएका छन् ।

Advertisement 1

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।

Advertisement 2

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry