शहरी सचिवमा वैद्य
नयाँ सचिव आउँदै छन् भनेपछि मन्त्रालयमा घडा मात्र थापिएन, कर्मचारी नै स्वागतार्थ खडा थिए, अघिल्लो बुधबार । मंगलबारको क्याबिनेटबाटै ‘ओके’ भइवरी प्रमाणीकरण हुने क्रममै थियो सचिव सरुवाको निर्णय । मुख्यसचिव बैकुण्ठ अर्यालसँगको भेटमा मणिराम गेलाललाई भनिएको थियो, बधाई छ तपाईंको शहरीमा सरुवा भइसक्यो भनेर तर रात रहे अग्राख पलाउँछ भनेझैं भोलिपल्ट बुझ्न खोज्दा चिठ्ठी नबनेको जवाफ पाए । यसरी उनीे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थन्काइएका छन् ।
Advertisement 1
अघिल्लो मंगलबारको क्याबिनेट बैठकले रविन्द्रनाथ श्रेष्ठ घर बसेसँगै रिक्त शहरी सचिवमा लैजान मणिराम गेलालका अलावा शिक्षा, मन्त्रालयतर्फ प्रविधि हेर्ने प्रमिलादेवी बज्राचार्य र राष्ट्रिय सतर्कता केन्द्रका सुरेश आचार्यको नाम टिपाएको थियो । एक मन्त्रीका अनुसार लामो समय शहरीमै सेवा गरेका हिसाबले मणिरामलाई नै पठाउने निर्णय ओके भयो । निर्णय सार्वजनिक भएसँगै बुधबार स्वागतार्थ मन्त्रालयका कर्मचारी तैनाथ थिए । पछि मन्त्री सीता गुरुङलाई कांग्रेसको मन्त्रालयमा एमालेनिकट सचिवलाई ल्याउन नहुने भन्ने सल्लाह कसले दिए कुन्नि ? गेलालले सरुवाको चिठ्ठी बुझ्नै पाएनन् । प्राविधिक सचिवहरू मणिराम गेलाल र रामआधार साहहरू रिङबाटै बाहिरिएपछि शहरी सचिव बन्ने दौडमा सुरेश र प्रमिलाहरु थिए तर अन्तिममा सुरजुकमार वैद्यले बाजी मारेका छन् ।
वैद्य नेपाल ट्रष्टबाट शहरीमा सरुवा भएका छन् ।बुधबार बसेको क्याविनेट बैठकले नेपाल ट्रष्टको कार्यालयका सचिव सरजु कुमार बैद्यज्यूलाई शहरी विकास मन्त्रालयमा सरूवा गरेको हो ।