यौनहिंसा गर्ने हाकिम थुन्ने कि छुट्ने,आज छ पेशी

घरमा काम गर्ने कार्यालय सहयोगी महिलामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीको चिसो खोरमा पुगेका इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिढिमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।

Advertisement 1

काठमाडौं जिल्ला अदालतको फैसला उपर चित्त नबुझेर उच्च अदालत पाटनमा पुगे । पोखरेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले गत भदौमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पोखरेलले उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि काठमाण्डौ जिल्ला अदालतबाट जेल चलान भएका पोखरेलले आफू बाहिरै बसेर मुध्दा लड्न पाऊँ भन्दै उच्च गएका थिए । उक्त रिटको आज न्यायाधीशद्धय राजेन्द्र खरेल र रमेशराज पोखरेलको इजलासमा पेशी चढेको छ । इजलासमा रिट पेशी सूचीको दुई नम्बरमा परेको छ ।

Advertisement 2

यता यस्तै प्रकरणमा डामिएका चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा छुटिसकेका छन् । ३५ बर्षे कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका थिए ।

३५ बर्षीया कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेका र गर्भ बसेपछि गर्भ पतन गराउन खोज्दा अत्याधिक रक्तश्राप भएर भरतपुर अस्पतालमा पुर्याइए पछि हाकिमले कार्यालय सहयोगीमाथि गर्ने गरेको यौन शोषणको बिषय सतहमा आयो । श्रीमानले दोश्रो विवाह गरेपछि आफ्नो पतीसँग अलग बस्दै आएकी र साहाराविहिन कार्यालय सहयोगी महिलालाई हाकिमले डर,धम्की देखाउँदै पटक पटक यौन शोषण गर्ने गरेको रहष्य ती महिला भरतपुर अस्पतालमा उपचारका लागि पुगेपछि खुलेको हो ।

Advertisement 3

गत भदौं १२ गते ४ महिना पूरा भइसकेको गर्भ पतन गराइएपछि अत्याधिक रक्तश्राप भएका कारण ती कार्यालय सहयोगी महिलालाई अहिले भरतपुर अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । यो प्रकरण बाहिरिएपछि तथ्यांक कार्यालय प्रमुख भण्डारीलाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले तीन साता बढी समय लगाएर अनुसन्धान गरेर तयार गरेको मिसिलसहित असोज ८ गते जिल्ला अदालत चितवनमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता भएको थियो । सो पछि चितवन जिल्ला अदालतले हाकिम भण्डारीलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।सोही अनुसार भण्डारी २५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका हुन ।

प्रकाशित :२०८० आश्विन २५, बिहीबार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry