‘स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता स्थानीय तहले गर्नू’ (परिपत्रसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता आफै व्यवस्था गर्न परिपत्र गरेको छ।
Advertisement 1
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता र अन्य सुविधाहरुको व्यवस्थापन पालिकाबाटै गर्न स्थानीय तहलाई गरिएको परिपत्रमा भनिएको छ।
मन्त्रालयका उपसचिव कृष्ण थापाका अनुसार,राष्ट्रिय किताबखाना दर्ता भएका निकायहरु र पदहरु बाहेकका पदहरुमा कर्मचारीहरुको तलब, भत्ता नेपाल सरकारबाट उपलब्ध हुनेछैन । उक्त सात बुँदे परिपत्रमा कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका कतिपय कर्मचारीले समायोजन पत्र बुझी समायोजन भएको निकायमा हाजिर भएकाले यथाशीघ्र रमाना लिएर हााजिर हुने व्यवस्था गर्न निर्देशन दिइएको छ।
Advertisement 2