कर्मचारीलाई खुसीको खबर :-अब पेन्सनपट्टा बढाउन किताबखाना धाइरहनुनपर्ने
अवकाशको मुखमा पुगेका कर्मचारीहरुलाई खुसीको खबर छ । अब उनीहरुले पेन्सन पट्टाका लागि पुल्चोकस्थित निजामती किताबखाना धाइरहनु नपर्ने भएको छ । अब पेन्सनपट्टा बनाउनका लागि दुर्गम जिल्लादेखि तीन -चार दिन लगाएर काठमाडौँ धाइरहन झण्झटिलो पर्ने विगतको व्यवस्थाको अन्त्य हुन लागेको हो ।
Advertisement 1
राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा प्रारम्भ गरेको जनाएको छ ।
किताबखानाका अनुसार सबै जिल्लामा सेवानिवृत्त हुने कर्मचारीबाट पेन्सनपट्टाका लागि अनलाइनमार्फत आवेदन लिने प्रक्रिया अस्तिबाटै प्रारम्भ भएको हो ।
सेवानिवृत्त हुन लागेका कर्मचारीलाई पेन्सनपट्टा बनाउँदा के–कति कस्ता कागजात चाहिन्छ भनेर पहिले नै सूचना पठाइने र त्यसका आधारमा आफू रहे बसेकै स्थानबाट प्रविधिको माध्यमद्वारा अनलाइनमार्फत ती कागजात उपलब्ध गराउन सकिने छ ।
Advertisement 2
यो व्यवस्था प्रारम्भ भएसँगै अवकाशका मुखमा पुगेका कर्मचारीहरुले अनलाइनबाटै पेन्सनपट्टाका लागि घरमै बसेर आवेदन दिन सक्ने भएका हुन ।
किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको छ । सोहीअनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
Advertisement 3
नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्ने त्यहाँका किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले जनाए ।
अनलाइनबाट पेन्सनपट्टा पाइने भए पछि पूरानो र झन्झटिलो व्यवस्था करिब अन्त्य भएको हो । आगामी दिनदेखि कर्मचारी अवकाश हुनुभन्दा छ महिना अगाडि नै सम्बन्धित कर्मचारीलाई अनलाइन माध्यमबाट जानकारी गराइनेसमेत किताबखानाले जनाएको छ ।