सम्झौंता वार्ता सम्बन्धि अवधारणा : संक्षिप्त अध्ययन

१. परिचय

Advertisement 1

दुई वा दुई भन्दा बढी व्यक्ति, संगठन, निकाय बिच वा आफ्ना उद्देश्य वा हितको कारणवाट उत्पन्न विवाद वा द्वन्दलाई सुल्झाउने उद्देश्यले सम्पन्न हुने वार्ता नै सम्झौता वार्ता हो ।
वार्ता तथा सम्झौताको अवस्था परस्पर विरोधी धारणा राख्नेहरु बीच मान्य निष्कर्ष निकाली सहमतीमा पुग्ने माध्यम हो । यो अरु संग सञ्चार गर्ने सीप हो । वार्ता र सम्झौता समयानुकूल भिन्न भिन्न वा समान अवस्थामा पनि हुन सक्छन् भने सारमा वार्ता तथा सम्झौताको निचोड BATNA अर्थात ’सर्वोत्तम विकल्पको खोजी गर्नु’ हो । Negotiation is a psychological war. It is a process in which two or more parties exchange goods & services in which they attempt to agree upon the exchange rate for them.

तसर्थ -‘Let us never out of fear,  but let us never fear of negotiate.’

Advertisement 2

२. सम्झौता वार्ताका चरण :

सम्झौता वार्ता चरणलाई मुख्यतः ६ चरणमा बिभाजन गर्ने गरिएको छ ः

Advertisement 3

२.१ तयारी
२.३ वार्तालाप सुरु गर्ने चरण
२.४ समझदारी बिकास गर्ने चरण

२.५ सौदा गर्ने चरण

२.६ वार्तालाप अन्त्य गर्ने चरण

३. रणनीति तयार गर्ने चरण :

३.१ वार्ता शुरु गर्ने समय, स्थान र प्रक्रियाको निर्धारण

३.२ बिपक्षीहरुलाई सोध्ने प्रश्नहरुको निर्धारण

३.३ बिपक्षीले सोध्न सक्ने प्रश्न वा उठाउन सक्ने बिषयहरुको अनुमान

३.४ सम्भाव्य प्रश्नहरुको सामना गर्ने उपायको पहिचान

३.५ कसरी वार्तालाप शुरु गर्ने भन्ने बिषयमा चिन्तन

३.६ प्रस्ताव प्रस्तुत गर्ने तरिकाको पहिचान

३.७ प्रस्तावलाई आकर्षक बनाउने तथा त्यसको आधार पुष्टि गर्ने सूचनाको छनोट

४. वार्तामा अपनाउने शैली

४.१ सहयोगात्मक शैली उपयुक्त अवस्था ः

४.१.१ समस्याहरु जटिल र तुरुन्त समाधान गर्ने प्रकृतिका भएमा

४.२.२ सबैको बिचारको कदर गर्दै अगाडि बढ्नुपर्ने परिस्थिति भएमा, जस्तो बिद्यमान नेपाली राजनीतिक परिदृश्य समस्याको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने अवस्था भएमा

४.२.३ अर्को पक्षवाट प्रभावकारी प्रतिवध्दता प्राप्त गर्नु पर्ने भएमा ।

४.२ सम्झौतामुलक शैली
उपयुक्त अवस्था :

४.२.१ समस्याहरु ज्यादै महत्वोपुर्ण रहेका तर आफ्नो प्रभाव कम रहने अवस्था भएमा

४.२.२ सम्बन्ध कायम गर्न आवश्यक तर सम्बन्ध कायम गर्न अझै अर्को पक्षलाई मिलाएर लैजान सक्ने अवस्था नभएमा

४.२.३ अर्को पक्षको शक्ति पनि बराबर भएमा

४.२.४ शिघ्र सम्झौता गर्नु पर्ने अवस्था भएमा

४.२.५ एक भन्दा बढी विकल्पको सम्भावना नदेखिएमा ।

४.३ सम्बन्धमुलक शैली

उपयुक्त अवस्था :

४.३.१ आफ्ना उद्देश्यहरु अर्को पक्षको तुलनामा उचित नदेखिएमा

४.३.२ अर्को पक्षको नजरमा राम्रो देखिन

४.३.३ पछि हुने सम्झौता वार्तामा बढी विश्वासिलो देखिन

४.३.४ आफ्नो कमजोरीलाई लुकाउन

४.३.५ अर्को पक्षसंग सम्बन्ध कायम गर्नु अपरिहार्य भएमा ।

४.४ नियन्त्रणमुलक शैली

उपयुक्त अवस्था :

४.४.१ निर्णयलाई तुरुन्तै कार्यान्वयन गर्नु पर्ने आवश्यक भएमा

४.४.२ आफैले उठाएका मुद्दाहरु ज्यादै महत्वोपुर्ण भएमा

४.४.३ आफ्नो सहयोगात्मक व्यबहारवाट अर्को पक्षले फाईदा लिएको देखिएमा ।

४.५ पन्छिने शैली

उपयुक्त अवस्था :

४.५.१ उठाईएका मुद्दाहरु महत्वोपुर्ण नभएमा

४.५.२ अरु नै महत्वोपुर्ण बिषयहरु समाधान गर्नु पर्ने भएमा

४.५.३ आफुले राखेको उद्देश्य हांसिल गर्ने सम्भावना न्यून देखिएमा

४.५.४ थप सूचना संकलन गर्नु पर्ने आवश्यकता देखिएमा ।

५. असल वार्ताकारमा हुनु पर्ने गुणहरु :

५.१ बिषयबस्तु बारे पर्याप्त जानकारी

५.२ समस्याको शिघ्रता साथ पहिचान गर्न सक्ने क्षमता

५.३ लाभ हानीको निष्पक्षरुपमा विश्लेषण गर्न सक्ने क्षमता

५.४ अर्को पक्षको भनाई धैर्यता साथ सुन्न सक्ने क्षमता

५.५ आफ्नो भनाईलाई स्पष्टता र सरलताका साथ प्रस्तुत गर्न सक्ने क्षमता

५.६ सकारात्मक सोंच

५.७ लामो समयसम्म कार्य गर्न सक्ने धैर्यता, र क्षमता

५.८ अर्को पक्षको हित बारे संबेदनसिल

५.९ अर्को पक्षलाई परेको वा पर्न सक्ने दबाबको जानकारी

५.१० बिकल्पहरुको विश्लेषण गर्न सक्ने खुबी आदि ।

६. असल सम्झौता सीपकर्तामा हुनु पर्ने गुणहरु ः

६.१ भाषिक बिज्ञता

६.२ मस्यौदा गर्न सक्ने क्षमता

६.३ वार्ताटोली बीच सम्झौताका बिषयवस्तु बारे खुला छ्लफल

६.४ द्विअर्थी भाषा प्रयोग नगरी सरल र स्पष्ट भाषाको प्रयोग

६.५ महत्वपूर्ण बुँदाको टिपोटमा प्राथमिकता

६.६ सम्झौता पालन नभएमा हुन सक्ने परिणाम बारे सतर्कता

६.७ सम्झौता कार्यान्वयन गर्ने समय एवं तालिका उल्लेख गरिएको ।

७. सम्झौता वार्तालाई प्रभाव पार्ने तत्वहरु ः

७.१ शक्ति

७.२ सुचना

७.३ बिपक्षीको सबल तथा दुर्वल पक्षवारे जानकारी

७.४ साझा मिलन बिन्दुको अनुमान

७.५ वार्तालापलाई असर पार्न सक्ने परिस्थिति

७.६ समय

७.७ दृष्टिकोण

७.८ सकारात्मक र नकारात्मक व्यवहार

७.९ शब्द, शब्दावलीको प्रयोग

७.१० आत्मबलको प्रदर्शन

७.११ धैर्यता आदि ।

८. वार्ता एवं सम्झौतामा तेस्रो पक्षको संलग्नता ः

८.१ मेलमिलापकर्ता

यो निष्पक्ष हुन्छ । वार्ताको चरणमा आफ्ना सुझावहरु पनि पक्षहरूलाई प्रस्तुत गरिदिन्छ ।

८.२ मध्यस्थता

यसले पक्षहरूलाई सहमती ल्याउन बाद्य पार्ने प्रयोजनकालागी आवश्यक शक्तिको पनि प्रयोग गर्न सक्दछ, बाध्यात्मक निर्देशन दिन सक्दछ ।

८.३ समन्वयकर्ता
यसले वार्ताकारहरुलाई कुनै निर्देशन दिदैन, केवल उनिहरु बीच सम्वाद र सम्पर्क गराउने वातावरण निर्माणसम्म गरिदिन्छ ।

८.४ विशेषज्ञ

यिनीहरूले वार्ताकारलाई वार्ताको क्रममा र सम्झौता पत्र तयार गर्दा विशेषज्ञ सेवा प्रदान गर्दछन ।

८.५ सहजकर्ता

यिनीहरूले वार्ताकार बीच कुनै गतिरोध आएमा सहज वातावरणको निर्माण गरिदिनुका साथै उनीहरुले राय÷ सल्लाह दिन्छन् तर यस्तो राय÷ सल्लाह ग्रहण गर्न वा नगर्न वार्ताकारहरु स्वतन्त्र रहन्छन ।

९. सम्झौता÷वार्तामा समझदारी विकास गर्ने चरण, सौदा गर्ने चरण र वार्तालाप अन्त्य गर्ने चरण ः

९.१ समझदारी बिकास गर्ने चरण

९.१.१ तथ्यांक र सूचनाको आदानप्रदान गर्ने

९.१.२ कम बोल्ने बढी सुन्ने प्रयत्न गर्ने

९.१.३ अर्को पक्षको बारेमा बढी भन्दा बढी जानकारी लिन बढी जिज्ञासु बन्ने

९.१.४ एकोहोरोपना हटाउन र पुनर्ताजगी प्राप्त गर्न केही समयकालागी बिच बिचमा विश्राम लिने

९.१.५ आफ्ना उद्देश्यहरुलाई बारम्बार स्मरण गर्ने

९.१.६ दृढ एवं सभ्य भाषाको प्रयोग गर्ने

९.१.७ व्यक्तिगत आक्षेप लगाउने खालको भाषाको प्रयोग नगर्ने

९.१.८ शुरूवात मै बिपाक्षिको प्रस्ताव स्वीकार नगर्ने

९.१.९ भावुकतामा नआउने आदि ।

९.२ सौदा गर्ने चरण
९.२.१ वार्ता टोली सदस्य तथा विशेषज्ञहरुको परामर्श लिने

९.२.२ आफ्ना पक्षमा जति सक्दो बढी छुटहरु लिने प्रयत्न गर्ने

९.२.३ गतिरोधको अन्त्य गर्ने तर्फ उन्मुख हुने

९.२.४ सम्झौता गर्ने तर्फ उन्मुख हुने ।

९.३ वार्तालाप अन्त्य गर्ने चरण

९.३.१ सम्झौता पत्र तयार गर्ने क्रममा सजग हुने

९.३.२ सम्झौतामा उल्लेखित भाषा र शब्द प्रयोगमा चनाखो हुने

९.३.३ हतार हतारमा सम्झौता पत्र तयार नगर्ने

९.३.४ सम्झौता संगै सम्झौता कार्यान्वयन कार्यतालिका तयारी गरी साथै राख्ने ।

१०. नेपाल सरकारको तर्फबाट गरिने राष्ट्रिय तथा अन्तराष्टिय वार्तामा विद्यमान कमी कमजोरीहरु ः

१०.१ पुर्व तयारीको अभाव

१०.२ पर्याप्त सूचना संकलन गर्ने

१०.३ प्राप्त सूचनाको समुचित विश्लेषण नगरिने

१०.४ कमजोर र हिनरुपमा प्रस्तुत हुने

१०.५ तार्किक र बौद्धिकरूपमा सबल नदिखिने

१०.६ पर्याप्त गृहकार्यको अभाव

१०.७ तदर्थवादी दृष्टिकोण

१०.८ स्पष्ट राष्ट्रिय अडान प्राप्त गर्न नसक्ने

१०.९ व्यक्तिगत वा राजनीतिक स्वार्थ अनुरुप प्रस्तुत हुने

१०.१० मुल बिषय भन्दा अन्य चाखका बिषयमा समय खर्च गर्ने

१०.११ समस्याका बारेमा जानकार बिज्ञको खडेरी

१०.१२ बिज्ञको सरसहयोग र परामर्शको संस्कृतिको अभाव

१०.१३ वार्ता टोलीले एकीकृत धारणा राख्न नसक्ने

१०.१४ राष्ट्रिय सहमति नलिई टुङ्गोमा पुग्ने

१०.१५ रणनीतिकरुपमा प्रस्तुत हुन नसक्ने आदि ।

११. नेपाली उच्च प्रशासकले वार्ता तथा सम्झौता सीपका सन्दर्भमा मनन गर्नु पर्ने बिषयहरु ः

११.१ नेपाल दशकौ लामो द्वन्दवाट गुज्रिएर हाल संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यासमा पदार्पण गर्दा पुनः नुतन र फरक खालका द्वन्दहरुको सिर्जना हुनु ।

११.२ शान्ति प्रक्रिया, संक्रमणकालको समाप्ती संगै नेपालको संबिधान, २०७२ को घोषणा पश्चात उत्पन्न आन्तरिक र बाह्य चुनौती भारत संगको हालै उत्पन्न सीमा विवाद समस्याको समाधानार्थ बैकल्पिक उपायहरूको खोजी ।

११.३ नेपालको भौगोलिक अवस्था भुपरिविष्टित रहेको, सहजरुपमा अन्तरास्ट्रिय व्यापार मार्ग उपलब्ध नभएको

११.४ नेपालको संबिधान, २०७२ को घोषणा पश्चात् संघीयताको सफलता पुर्वक कार्यान्वयन

११.५ बिश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड –१९) संक्रमण, रोकथाम तथा नियन्त्रणका चुनौतीपूर्ण अवस्था

११.६ मजदुर, यातायात क्षेत्र, होटल व्यवसाय, व्यापारीक क्षेत्रको असहज अवस्थालाई सहजीकरण गर्नुपर्ने

११.७ उद्योग, व्यापार र बाणिज्य क्षेत्रका सन्दर्भमा नेपालको भारतसंगको निर्भरता बढदै गएको, व्यापार घाटाको अवस्था रही अन्तराष्टिय कानुन र भुपरिवेष्टित राष्ट्रको हक समेत समुचित प्रयोग भएको अवस्था नरहुनुको साथै अन्तर्राष्ट्रिय सीमा मुलतः कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको नेपाली भुमी भारतीय सरकारवाट अतिक्रमण गरिएको ।

११.८ नेपाल बिश्व व्यापार संगठनको सदस्य भएको, फलस्वरूप अन्तरास्ट्रिय व्यापारवाट बढी भन्दा बढी लाभ लिन सक्नु पर्दछ भन्ने जनाअपेक्षा रहेको आदि ।

यी सबै बिषयबस्तुहरुका सन्दर्भमा बिस्तृतरूपमा अध्ययन विश्लेषण गर्न नेपालमा एकातर्फ उच्चस्तरीय राजनीतिज्ञ र अर्कोतर्फ विशेषज्ञहरुले पुर्ण भएको स्थायीरुपको अध्ययन टोलीको निर्माण गर्नु पर्ने अपरिहार्यता देखिएको छ ।

१२. उपसंहार ः

वर्तमान सन्दर्भमा आन्तरिक दलगत स्वार्थ प्रेरित राजनीतिक द्वन्द्वले पाँच बर्षको बहुमतको दुईतिहाई जननिर्वाचित सरकार र संसद प्रतिनिधिसभा विघटनको विषम खेदपुर्ण अवस्थाको सिर्जना भएको दुःखद वर्तमान विडम्बनापुर्ण घडीमा न्यायीक निर्णय निरोपण र राजनीतिक सहमतिको स्वस्थ्य सन्तुलित बाताबरण कायम गरि कोरोना भाइरस अर्थात् कोभिड –१९ को बिश्वब्यापी महामारीवाट थिलोथिलो भएको अर्थतन्त्र, व्यापार व्यवसाय र रोजगारीलाई राम्रो गतिमा चलायमान बनाउन चुनौतीपूर्ण रहेको अवस्थामा सुझबुझ र उपयुक्त सबैले मान्य औचित्यपूर्ण निकास निकाल्नुको कुनै विकल्प छैन । सार्वभौमसत्ता सम्पन्न राष्ट्रका हामी नेपाली नागरिकहरु संकीर्ण गुटगत स्वार्थ पदलोलुपता भागबन्डा, दम्भ र अहंकार वाट माथी उठन नसकेसम्म किमार्थ असल र सक्षम सम्झौता वा वार्ताकार बन्न सक्ने देखिदैन र असल वा सक्षम सम्झौता वा वार्ताकार नबन्दासम्म मुलुक प्रगति समृद्धि र समुन्नतिको अग्रगामी दिशामा बढन सक्ने देखिदैन ।

प्रकाशित :२०७७ फाल्गुन २७, बिहीबार ०७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry