सेवा प्रदानका नाममा देखिने वेथिति

सेवा प्रदानका नाममा देखिने वेथिति काठमांडौबाट बिहानै हिडियो, जाम निकै थियो , थानकोट पुग्न झण्डै २ घण्टा लाग्यो। चेकिंगमा पनि उस्तै भीड,हामी भन्दा अगाडिका गाडीहरूको चेकिंग सकिएर हाम्रो पालो आएको थियो तर चेक गर्ने प्रहरी भाई मोवाईलमा भुलेर चेकिंगमा ढिलाई गर्दै थिए। मेरो ड्राईभर संग हिडेन क्यामरा रहेछ त्यसले निज प्रहरी भाईको भिडियो पनि खिचेको रहेछ।

Advertisement 1

रोकाई धेरै भए पछि गाडी अगाडी बढायो ड्राईभरले ,प्रहरीले थाहा पाएछ र सिठ्ठी बजायो। गाडी रोकेर दुवा थरी बीच सवाल जवाफ हुदा मेरो ड्राईभरको तर्क थियो कि तपाईले आफ्नो ड्यूटी नगरेर फोन खेलाई बस्नाले हामीलाई अनावश्यक रोकाउनु भयो र म अगाडि बढें तर प्रहरीको भनाइ थियो कि मेरो ईशारा वेगर किन अगाडि बढेको एक, ट्राफिकको ईशाराको प्रतीक्षा नगरी गाडी चलाउन पाईदैन दुई , अनि मैले ड्यूटी छोडेर फोन चलाएको प्रमाण छ? भनेर सोद्धा ड्राईभरले क्यामराको भिडियो देखाई दियो अनि के चाहियो र !प्रहरी त झन् रुष्ट भएर त्यो क्यामरा पनि खोसेर चौकी तिर पो लग्यो म र मेरो परिवार पनि संगै गयौ।

उसले त त्यो क्यामराको फोटो हटाउने उपाय खोज्यो, क्यमरा फुटाउन खोज्यो तर मैले रोके र सोधे तिम्रो हाकिम कहां हुनुहुन्छ म उहां संग कुरा गर्छु भने पछि अली मत्थर भयो र हाकिम संग आफ्नो परिचय साथ कुरा राख्दा ऊ कन्भिन्स भयो र म झल्यास्स ब्युझिए यो त सपना पो रहेछ। यसरी फिल्डमा रहने कर्मचारीहरू सर्वसाधारण जनता संग नजिक हुन्छन्। यिनीहरूमा सरकारको अनुहार हुन्छ। यिनै कर्मचारी द्वारा गरिने र देखाईने ब्यबहारले जनताले सरकारलाई चिन्दछ। सरकार पारदर्शी हुनु पर्छ, जिम्मेवार हुनु पर्छ र जनताको शासक हैन सेवक हुनु पर्छ, उपभोक्ता मैत्री हुनु पर्छ र त्यस्तै ब्यबहार सरकारका अंगका रूपमा रहेका हरेक कर्मचारीबाट जनताले महसुस गर्न पाउनु पर्छ। जनताले पनि यो सुविधा सित्तैमा खोजेका हुदैनन् । यस वापत जनताले कर तिरेका हुन्छन्।

Advertisement 2

यसरी कर तिरी सकेपछि आफूले चुनेर पठाएको प्रतिनिधिले बनाएको सरकारले नतमस्तक भएर आफ्नो काम गरिदिनु पर्छ भन्ने अपेक्षा जनताको हुन्छ तर के सरकारले प्रदान गर्ने सेवा दिन बसेका कर्मचारीहरूबाट यो अपेक्षा पूरा हुन सकेको छ? प्रश्न गर्न सकिने पर्याप्त आधारहरू भेटिन्छन्। स्वप्नामा देखिएको उक्त घटना एक प्रतिनिधि घटना हुन सक्छ। यसरी जनता वा सेवा ग्राहीले नेपालका सरकारी वा सार्वजनिक निकायमा कार्यरत कर्मचारीबाट हैरानी पाउन नपरेको विरलै होला। देशमा पटक पटक राजनीतिक ब्यबस्था फेरिए तर राजनीतिक मानसिकता र कर्मचारीतन्त्रको ब्यबहार फेरिएको अनुभूति जनताले गर्न पाएका छैनन्।

राजनीतिक परिवर्तन संगै जनतालाई दिइने आस्वासन पनि फेरिन्छन् तर ती मत बटुल्नका लागि मात्र भएका छन्। राजनीतिक नेत्तृत्त्वले गति छाडे पछि कर्मचारीतन्त्रबाट मात्र परिवर्तनका परिणाम पाईने आशा गर्नु दिवा स्वप्ना हो। नेपालमा जनताको हितमा कुनै कामै हुदैनन् र भएका पनि छैनन् भनेर त नभनौ तर पनि ती दीगो र स्थायी नभएर क्षणीक वा अल्पकालीन मात्र हुने गरेका छन्। कुनै पनि काम पद्दति वा प्रणालीबाट हुन सक्यो भने त्यो दीगो र फलदायी हुन्छ हैन भने भलको पानी जस्तो आउछ जान्छ। कुनै सार्वजनिक काम लिन पर्यो भने यहा त सार्है सास्तीको कल्पना गर्दै पुग्नु पर्छ कार्यालयमा। सेवा ग्राहीका लागि भनेर राखिएका सिटीजन्स चार्टर देखाउनका लागि मात्र छन्, सु-शासनका नाममा राखिएका बोर्डहरूमा धुलो जमेको धेरै भयो, सहयोगी डेस्कका कर्मचारी खोज्न क्यान्टिन पुग्नु पर्ने, चऊरमा बसेका लेखन्दासहरू भवनको पछाडि भेटिने अवस्था भएको छ। सेवाग्राहीका नाममा राखिएका बोर्डहरूले गिज्याई रहेको अवस्था छ, गुनासो सुन्ने हाकिम मिटिंगमा ब्यस्त छन्।

Advertisement 3

यसरी नियम कानूनमा चल्ने अरू देशका तौरतरीकाहरू फेस बुकमा सजाउन मात्र राखिएको भान हुदैछ। यस्ता विकृति र विसंगती हुदा हुदै पनि कुनै पनि कार्यालय प्रमुख त्यो सुधार्न उद्दत देखिदैन वा कार्यालय प्रमुखका यस्ता आदेशको कुनै मतलव राखिदैन। यसको निम्ति कुनै लगानी र ब्ययभार चाहिने हैन केवल २/४ वटा कुरामा ध्यान दिए हुने हो। उदाहरणका लागि पहिलो आउने सेवा ग्राहीलाई पहिला सेवा दिने ब्यबस्था गर्ने।

यसको लागि सहयोगी कक्षमा ३/४ जना कर्मचारी कम्पयुटर सहित राखेर ईन्ट्री गरी दिने तर ईन्ट्री गर्नु भन्दा अगाडि आवश्यक कागजात खोजी गरेर सेवा शुल्क सहित ईन्ट्री गरेर टोकन दिने, सेवा ग्राहीलाई प्रतीक्षा स्थलमा राखेर पिउने पानी, चिया कफीको ब्यबस्था गर्ने, काम सकिए पछि टोकन बमोजिम सेवा उपलब्ध गराउने, काम सकिए पछि फिड ब्याक दिन मिल्ने ब्यबस्था मिलाउने, विज्ञान र प्रविधिको विकासले दुनिया कहां पुगी सक्यो तर हाम्रो प्रशासन यन्त्र अझै पनि कछुवाको गतिमा छ। यसैले हामीले नयां कर्मचारी भर्ना गर्दा सक्षम कर्मचारीहरूलाई मात्र प्रवेश दिने र कार्यरत कर्मचारीहरूलाई पनि समसामयीक बनाउदै लगेर कर्मचारीलाई सेवा ग्राही मैत्री बनाउनुको बिकल्प देखिदैन।

प्रकाशित :२०७८ फाल्गुन ७, शनिबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry