झरीले रोक्न सकेन, स्थानीय तह कर्मचारीको आन्दोलन (फोटो फिचर)
गत आइतबारदेखि स्थानीय तहका कर्मचारीहरु सडक संघर्षमा छन् । सदनमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै आइतबारदेखि नै काठमाडौंको माइतीघर मण्डलामा स्थानीय तहका कर्मचारीहरुले शान्तिपूर्ण प्रर्दशन गरिरहेका छन् ।
Advertisement 1
काठमाडौंमा निरन्तर परिरहेको झरिमा समेत उनीहरुको संघर्ष रोकिएको छैन । माइतीघर मण्डलामा हातमा छाता बोकेर त कोही रुझ्दै आन्दोलनमा होमिरहका छन् स्थानीय तहका कर्मचारीहरु ।
कोही कर्मचारी त काखे बच्चालाई च्यापेरै आन्दोलनमा होमिएको दृश्य देख्दा जो कोहीको आँखा रसाउँछ । स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेरहद र सेवा अबधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता लगायतका मुद्दालाई आन्दोलनको बटम लाइन बनाएर उनीहरु सडक संघर्ष गरिरहेका छन् ।
यस्का अलवा उनीहरुले विभिन्न शीर्षस्थ दलका नेताहरुलाई समेत ज्ञापनपत्र बुझाइरहेका छन् । आजैमात्र संर्घषरत कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीलाई भेटेर संघीय निजामती सेवा ऐनमा समेटिनुपर्ने २० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
Advertisement 2