नवनियुक्त अधिकृतहरुको आधारभूत प्रशिक्षण १७ असोजदेखि

हालै अधिकृतमा नाम निकाल्न सफल उमेद्धारलाई यही १७ असोजदेखि आधारभूत प्रशिक्षण हुने भएको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृतमा छनौंट भएका १९७ कर्मचारीहरुलाई आधारभूत प्रशिक्षणको व्यवस्था मिलाउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई अनुरोध गरेको छ । हालै मात्र लोकसेवाबाट नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, लेखा र राजस्व समूह), नेपाल लेखापरीक्षण सेवा, नेपाल परराष्ट्र सेवा र सङ्घीय संसद सेवाका १९७ उमेद्धारले अधिकृतहरुमा नाम निकाल्न सफल भएका थिए । उनीहरुका लागि आधारभूत प्रशिक्षणको व्यवस्था मिलाइदिन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई अनुरोध गरेको छ ।

निजामती सेवा ऐन, २०४९ बमोजिम खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा उत्र्तीण नवनियुक्त अधिकृतहरुलाई तालिमको व्यवस्था मिलाइदिन सामान्यले अनुरोध गरेको छ ।

Advertisement 2

नवनियुक्त अधिकृतहरुको आगामी असोज १७ गतेदेखि आधारभूत प्रशासन प्रशिक्षण सञ्चालनको हुने जनाइएको छ ।

staff
प्रकाशित :२०८० आश्विन १५, सोमबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry