अर्थ सचिव बिदा प्रकरण : बाझियो प्रवक्ता र प्रेस सल्लाहकारको भनाई

अर्थ सचिव मधुकुमार मरासिनीको बिदा प्रकरणमा अर्थ मन्त्रालयका प्रवक्ता र अर्थमन्त्रीका प्रेस सल्लाहकारको कुरा बाझिएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले आजदेखि अनिश्चित कालका लागि बिदामा बसेका छन् । उनी अर्थमन्त्री जनार्दन शर्मा पदमा बहाल रहुञ्जेल काममा नफर्कने समाचार बुधबार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएसँगै अर्थमन्त्रीका प्रेस सल्लाहकार अजित अधिकारीले सचिव मरासिनीले श्रीमती बिरामी भएकाले बिदामा बसेको बताएका छन् ।

Advertisement 1

उता अर्थ मन्त्रालयका प्रवक्ता प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले सचिव मरासिनी आफैं विरामी भएका कारण बिदामा बसेको जानकारी दिएका छन् । यो प्रकरणमा अर्थ मन्त्रालयका प्रवक्ता र अर्थमन्त्रीका प्रेस विज्ञको भनाई बाझिएको छ ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका हुन । जहाँ बिदामा बस्नुको कारण भने बाझिएको छ ।

प्रकाशित :२०७९ असार २२, बुधबार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry