सामान्य प्रशासनको सचिवमा विनोद प्रकाश सिंह

सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।
Advertisement 1
बुधवार बिहान बसेको क्याविनेट बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमा विनोद प्रकाश सिंहलाई जिम्मेवारी दिएर पठाएको छ भने त्यहाँका सचिव कृष्णह।रि पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रीको रुपमा जनमत पार्टीको सांसद अनिता साह त्यहाँ पुगेसँगै उनले कृष्णहरिको ठाउँमा विनोदप्रकाश सिंहलाई ल्याएकी हुन ।
Advertisement 2
विनोद यस अघि गृह सचिवको जिम्मेवारीमा थिए । त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए ।
सिंह सामान्य प्रशासन सचिव हुनु अघि ३७ वटा निकायमा बसेर काम गरिसकेका छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा चार वटा जिल्ला कमाण्ड गरिसकेका सिंहले यस अघि कोशी प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको सचिवको साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा महानिर्देशक चलाइसकेका छन् ।
Advertisement 3
यस्तै सूचना तथा सञ्चार मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, जलस्रोत मन्त्रालय, स्थानीय विकास मन्त्रालयमा बसेर काम गरिसकेका सिंह केही समय ललितपुर महानगरपालिकाका साथै विभिन्न जिल्लाहरुमा एलडिओका रुपमा समेत कार्यअनुभव छ ।
०४३ सालमा नायब सुब्बा तहबाट निजामती सेवामा पाइला राखेका हुन सिंहले । कैलालीको धनगढीको हसनपुरमा जन्मिएका सिंहको काँधमा आठ बर्षदेखि आउन नसकेको रहेको संघीय निजामती सेवा ऐन ल्याउनु,कर्मचारी सरुवालाई व्यवस्थित गर्नु ठूलो चुनौती रहेको देखिन्छ ।