ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग २ सिफ्टमा सञ्चालन हुने

काठमाडौं। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (भ्एक्) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ।

Advertisement 1

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मंगलबार सूचना जारी गर्दै (आज) साउन १४ गतेदेखि २२ गतेसम्म विभागको सेवा बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म २ सिफ्टमा सञ्चालन गरिने जनाएको छ।

विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।

Advertisement 2

यसैगरी, सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबार पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइने विभागले जनाएको छ।

दक्षिण कोरियाको ईपीएस प्रक्रियाका लागि राहदानी बनाउन आउने सेवाग्राहीको चाप बढेपछि सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन विशेष व्यवस्था गरिएको विभागको भनाइ छ।

Advertisement 3

राहदानी विभागले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको समेत जनाएको छ।

प्रकाशित :२०८३ श्रावण १४, बिहीबार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry