बेरोजगारीको हद :- १६ जना अनमी र अहेब माग्दा ५४२० जनाको आवेदन

मुलुकमा शिक्षित बेरोजगारको संख्या कुन हदसम्म रहेको छ भन्ने एउटा तथ्य हो यो । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशले केही महिना अघि स्वास्थ्य सेवा प हे न समूह,चौथो तह अनमी (प्राविधिक) पदका लागि विज्ञापन खुलायो । खुला कोटाबाट ४, महिला १,आदिबासी जनजाती १,मधेसी र दलित एक एक जना गरी कूल आठ जना अनमी मागिएको सो विज्ञापनमा माग गरेभन्दा २६३ गुणा बढीले आवेदन दिए । आयोगले गत मंसिर ४ गते परीक्षामा सम्मेलित २१०४ जनामध्येबाट परीक्षा लिँदा लिखित परीक्षामा २७ जना पास भए । उनीहरुको नामावली आयोगले सार्वजनिक गरिसकेको छ ।

Advertisement 1

result

आयोगले उत्तरपुस्तिकामा की उल्लेख नगरेका ११ जनाको उत्तरपुस्तिका रद्ध गरेको जनाएको छ । लिखित परीक्षामा छनौंट भएकाहरुको अन्तर्वार्ता आगामी माघ २ र ३ गते हुने आयोगले जनाएको छ ।
यस्तै आयोगले स्वास्थ्य सेवा हे ई तर्फ अहेव (प्राविधिक) पदमा ८ जनाका लागि दरखास्त आह्वान गरेकोमा गत मंसिर ८ गते पोखरामा सञ्चालित लिखित परीक्षामा सहभागीको संख्या ३३१६ जना रहेको थियो । आयोगले हिजो प्रकाशन गरेको नतिजा अनुसार अन्त्वार्ताका लागि ३४ जना छनौंट भएका छन् ।
यस्तै २० जना उम्मेद्धारले उत्तरपुस्तिकामा की उल्लेख नगरेका कारण उनीहरुको उत्तरपुस्तिका रद्ध गरिएको जनाएको छ ।

16408747288323_CMA_नतिजा_Final
प्रकाशित :२०७८ पुष १६, शुक्रबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry