दूरसञ्चार प्राधिकरण कर्मचारी युनियनको अध्यक्षमा जैशी,यस्तो छ सात सदस्यीय कार्यसमिति

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनको नेतृत्व शिवराज जैशीले पाएका छन् ।

Advertisement 1

राजधानीमा हालै सम्पन्न निर्वाचनमा जैसीले प्रतिष्प्रर्धी कैलाश कार्कीलाई तीन मतको अन्तरले हराउँदै २ बर्षे कार्यकालका लागि निर्वाचित भएका हुन ।
५१ सदस्यीय मतदाता रहेका प्राधिकरण कर्मचारी युनियनमा ४३ मत खसेको थियो । जसमा २३ मत ल्याएर जैशी निर्वाचित भएका हुन । निर्वाचन समितिले घोषणा गरेको मत परिणामअनुसार जैशीका प्रतिस्पर्धी कैलाश कार्कीलाई २० मतमा चित्त बुझाएका थिए ।

यस्तै उपाध्यक्षमा जैशी समूहकै सोनु केसी,सचिवमा राजु रिमाल,कोषाध्यक्षमा मनोज पौडेल निर्वाचित हुँदा सदस्यहरुमा सागर कुमार भट्टराई,निरु कुमारी लेखक र राधेश्याम मल्ल चयन भएका छन् ।

Advertisement 2

कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवालीले १३ मत ल्याउँदा जैशी समूहबाट बिजयी भएकी सोनू केसिले २९ मत हासिल गरेकी छन्। सचिवमा बिजयी भएका राजु रिजालले ३१ मत ल्याएका छन् भने प्रतिस्पर्धी धमेन्द्र मेहताले १२ मत हासिल गरे।

कोषाध्यक्षमा जैशी समूहबाटै मनोज पौडेलले २६ मत ल्याएर जित हासिल गरे भने प्रतिस्पर्धी नवराज पुरीले १७ मत पाए। यस्तै सदस्यहरुमा सागर कुमार भट्टराईले २६ मत, निरु कुमारी लेखकले २१ मत र राधेश्याम मल्लले २८ मत ल्याएका छन्। तीनैजना जैशी समूहबाट चुनावी प्रतिस्पर्धामा थिए।

Advertisement 3

नेपाल दूरसञ्चार प्राधिकरणको यो तेश्रो अधिवेशन हो । यस अघि प्रज्ञा ढुंगना,विजय कुमार राय यादवले एक कार्यकाल प्राधिकरण कर्मचारी युनियनको कमाण्ड गरिसकेका छन् ।
नन निर्वाचित कार्यसमितिले आजै दिँउसो १ शपथ लिने कार्यतालिका छ ।

प्राधिकरण कर्मचारी युनियनको नेतृत्वमा पुगेका जैशीले दूरसञ्चार प्राधिकरणको आफ्नै भवन निर्माण गर्ने आफ्नो पहिलो योजना रहेको बताएका छन् ।

 

 

प्रकाशित :२०८० आश्विन ७, आईतवार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry