कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना

काठमाडौं । काठमाडौंको न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ।

Advertisement 1

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले असार १९ गते गरेको अनुगमनका क्रममा रेस्टुरेन्टमा विभिन्न कैफियत फेला परेको थियो।

अनुगमनका क्रममा रेस्टुरेन्टको सरसफाइ सामान्य रहेको, प्रयोग गरिएको तेलको टीपीएम (त्एः) २२ प्रतिशत रहेको, म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग भइरहेको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्ला भेटिएको तथा फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको विभागले जनाएको छ।

Advertisement 2

उक्त कैफियतका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो।

Advertisement 3

त्यस्तै, म्याद नाघेका तथा पूर्ण लेबल विवरण नभएका दुई बोतल स्क्वास नष्ट गरिएको छ। विभागले अनुगमनका क्रममा भेटिएका सबै कमजोरी सुधार गरी ३० दिनभित्र प्रमाणसहित उपस्थित हुन रेस्टुरेन्टलाई निर्देशनसमेत दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायमाथि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित :२०८३ असार २१, आईतवार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry