राहदानी र कन्सुलरमा जानै मानेनन यी २८ कम्युटर अपरेटर

 

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १८ पुसमा एकै पटक ३० जना कम्युटर अपरेटरहरुको सरुवा गर्यो ।राहदानीमा देखिएको भिडभाड कम गर्न भन्दै एकै पटक विभिन्न मन्त्रालय,आयोगमा कार्यरत कम्युटर अपरेटरहरू सरुवा गरिएको थियो ।

१७ कम्युटर अपरेटरलाई राहदानी विभाग र ११ जनालाई कन्सुलर विभागमा खटाइएको भए पनि खटाइएको १६ दिनसम्म पनि ती निकायमा कम्युटर अपरेटरहरु हाजिर नभए पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कम्युटर अपरेटरहरुलाई हाजिर हुन पठाउन भन्दै उनीहरु कार्यारत रहेको मन्त्रालय,आयोग,सचिवालय,विभाग,कार्यालयलाई परिपत्र गरेको छ ।

Advertisement 2

सामान्य प्रशासन मन्त्रालयले कम्युटर अपरेटरहरु विष्णु कुमार पौडेल, श्याममणि ढकाल, गणेश प्रसाद श्रेष्ठ, फणेन्द्र राई, कृष्ण कुमार खड्का, ज्ञानेन्द्र भट्टराई, चन्द्रराज पाण्डे, जानकी राना, मनोज कुमार सिंह, महेश राई, अरुण बुढा, विकाश तामाङ, राज कुमार शाही, दिपेन्द्र दाहाल कृष्ण प्रसाद गौतम, ओम प्रकाश आले मगर, परमेश्वर पौडेल, सुशील कुमार दास, भोजराज गौडेल लाई विभिन्न मन्त्रालय तथा निकायबाट राहदानी विभागमा सरुवा गरेको थियो ।

यस्तै एउटै मितिमा आस्मा थपलिया, अञ्जली चौधरी थारु, चन्द्रशेर राना, रीता कुमारी आचार्य, विक्रम साउद, विद्या तामाङ र सुमन घिमिरे, पप्पु कुमार साह, राजकुमार श्रेष्ठ, भूपेन्द्र प्रसाद जोशी र अस्मिता केसीलाई विभिन्न मन्त्रालय र निकायबाट कन्सुलर विभागमा खटाइएकोमा सरुवा भएको दुइ साता व्यतित भइसक्दा समेत ती निकायमा उनीहरु हाजिर हुन नगएको भन्दै सामान्य प्रशासनले सम्बन्धित मन्त्रालय,निकाय र कार्यालयलाई ती कर्मचारीलाई हाजिर हुन पठाउन परिपत्रै गरेको हो ।

Advertisement 3

काज सरुवामा परेका कर्मचारीहरुले भने सामान्यले सरुवा गर्नुपर्ने मा काज सरुवा गरेकोले खटाइएको ठाउँमा जान इन्कार गरेको बताएका छन् । इकर्मचारी डटकमको सम्पर्कका आएका केही अपरेटहरुले काजमा भएपछि केही दिनमा फेरि फर्किनुपर्ने भएकोले जान अप्ठ्यारो मानेको प्रतिक्रिया दिएका छन् । सरुवामा कतिसम्म बदमासी गरिएको छ भने एक जना कम्युटर अधिकृत भएको दुई बर्ष व्यतित भइसक्यो । उनलाइ समेत कम्प्युटर अपरेटर भनेर सरुवा गरिएको छ ।

MOFAGA_Notice_20230117015044
प्रकाशित :२०७९ माघ ३, मंगलवार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry