उपसचिवमा ३० जना बढुवा सिफारिस (सूचीसहित)

सामान्य प्रशासन समूहका थप तीस जना अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उनीहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
यस अघि सामान्य प्रशासन समूहका तीस जना अफिसरहरु जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् । बुधबार सिफारिस समितिले कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।
Advertisement 1
बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्यायं), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन् ।
Advertisement 2
त्यस्तै, खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवामा परेका छन् ।
बढुवामा पर्नेमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई पनि रहेका छन् ।
Advertisement 3
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २१७ जना अफिसरहरु उपसचिवमा बढुवा हुँदैछन् ।