निमित्त हाकिमको प्रशासनिक र आर्थिक अधिकार कटौती

दरबन्दीका हाकिम रोकेर निमित्तलाई नै जिम्मेवारी दिने खेल स्थानीय तहमा चलिरहेको छ । संघीय सरकारले खटाएका दरबन्दीका उपसचिव,शाखा अधिकृतहरुलाई हाजिरै गर्न नदिई निमित्तका भरमा आर्थिकदेखि प्रशसनिक बदमासी गर्दै आएका स्थानीय तहलाई अंकुश लगाइने भएको छ ।

Advertisement 1

कतिपय स्थानीय तहले दरबन्दीका कर्मचारी रोकेर निमित्त र करारका भरमा स्थानीय सरकार सञ्चालन गर्ने अभ्यास थालेका छन् । संघीय सरकारले पठाएका कर्मचारीहरुले जनप्रतिनिधिले बाटोमै रोक्नेदेखि हाजिरै गर्न नदिइ फिर्ता पठाउने प्रवृत्ति बढेपछि सरकारले त्यसमा रोक लगाउने भएको छ । संघीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र निमित्तकै भरमा काम चलाउने परिपाटी स्थानीय तहमा मौलाउँदै गएपछि सरकारले त्यसमा अंकुश लगाउने तयारी गरेको छ ।

केन्द्र सरकारले नगरपालिकामा उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकामा अधिकृत तहका कर्मचारीलाई प्रशासकीय अधिकृतको रुपमा खटाउँदै आएको छ । कतिपय स्थानीय तहले केन्द्र सरकारले खटाएका कर्मचारीहरुलाई हाजिरै गर्न नदिई निमित्तका भरमा बर्षाैदेखि कामकारवाही गराउँदै आएका छन् । सरकारले त्यस्ता स्थानीय तहका निमित्त हाकिमको आर्थिक र प्रशासनिक अधिकारमा अंकुश लगाउने भएको हो ।

Advertisement 2

अब त्यस्ता स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले चेक काट्न र स्थानीय तहको बैंक खाता सञ्चालन गर्न पाउने छैनन् । त्यसैगरी निमित्त प्रशासकीय अधिकृतले कार्यालय प्रमुखका रुपमा बैठक बसाल्ने, विदा स्वीकृत गर्ने जस्ता प्रशासकीय अधिकार पनि पाउने छैनन् ।

जस्तो कपिलवस्तुको मायादेवी गाउँपालिकाले लोकेश चौधरीलाई हाजिर नै गर्न नदिई पशु सेवाका परमेश्वर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा काम गराइरहेको छ । यसैगरी दैलेखको ठाँटीकाँध गाउँपालिकाले हेमन्त चुनारालाई हाजिर गर्न दिएन । नेमबहादुर खत्रीले निमित्त चलाइ रहेका छन् । कार्यकक्षमै रोमान्स भिडियो सार्वजनिक भएसँगै काजिमान राईलाई मन्त्रालयको अतिरिक्तमा तानिएसँगै इलामको माईजोगमाई गाउँपालिका हाजिर हुन पुगेका स्काई पोखरललाई हाजिर हुन नदिएपछि अहिले त्यहाँ प्रकाश चौधरीले निमित्त चलाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एक महिनामै बैतडीको डिलासैनी, हुम्लाको सिमकोट, कपिलवस्तुको मायादेवी, धनुषाको जनकनन्दिनी, दैलेखको ठाँटीकाँध र सिराहाको बरियारपट्टी गाउँपालिकाले पनि प्रशासकीय अधिकृत फिर्ता पठाएका हुन ।
एकातिर सरुवा भएको ठाउँमा हाजिर हुनै नजाने,जान खोज्ने कर्मचारीले हाजिरै गर्न नपाउने परिपाटी अहिले स्थानीय तहमा बढ्दै गएको छ । यही कारण १०० भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । त्यहाँ प्रशासनबाहेक शिक्षा, स्वास्थ्य, पशु लगायतका सेवाका शाखा प्रमुखहरुले निमित्त प्रमुख भएर स्थानीय तहको प्रशासन चलाइरहेका छन् ।

Advertisement 3

स्थानीय तहहरुमा संघले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिई फर्काउने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता एकै पटक एक दर्जन स्थानीय तहलाई पत्र लेख्दै निर्णयबारे जानकारी गराएको छ ।

प्रकाशित :२०८० आश्विन ७, आईतवार ०६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry