मन्त्रिपरिषदद्धारा ७९ कर्मचारीको दरबन्दी स्वीकृत

सरकारले विभिन्न आयोगका लागि अस्थायी दरबन्दीमा कर्मचारी राख्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै सोही आयोगको प्रादेशिक मुकामका लागि २१ जना कर्मचारी दरबन्दी स्वीकृत भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरिएको हो। ७९ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । ती कर्मचारीको म्याद आयोगको म्याद समाप्त भएसँगै स्वतः खारेज हुनेछ

प्रकाशित :२०७८ श्रावण १२, मंगलवार ०५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry