निजामती अस्पतालले सुविधा सम्पन्न आईसीयू सञ्चालनमा ल्याउने
निजामती अस्पताल पछिल्लो समय सुधारको क्रममा रहेको छ । अस्पतालले अब केहि दिनमा १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ ।
Advertisement 1
मंगलबार अस्पतालका कार्यकारी निर्देशक डा.विधाननिधिनिर्देशक पौडेलका अनुसार १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको बताए । आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै अबको छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ ।
आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्ध गराउने उनले बताए । अस्पताललाई एकेडेमीतर्फ लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।
Advertisement 2
अस्पतालको सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको पनि उनले सुनाए ।
प्रकाशित :२०७९ जेष्ठ १८, बुधबार ०८:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%