राष्ट्रिय ट्रमा सेन्टर प्रमुखको लाचारी :-गरिबलाई न वेड, न उपचार !

सरकारी सेवामा गाई मारेर गधा पोस्नेहरुको बिगबिगी छ । यस्तो धन्दामा विचौलियाहरु त संग्लग्न थिए नै स्वास्थ्यमन्त्री मोहन बस्नेतको कृपाबाट ट्रमा सेन्टरमा नियुक्ति पाएका चिकित्सक संघका हर्ताकर्ता बद्री रिजाल नै संग्लग्न रहेको भन्दै चिकित्सकहरुले नै आपत्ति जनाउन थालेका छन् ।
Advertisement 1
मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टर का प्रमुख निर्देशक डाक्टर बद्री रिजाल नै यस्ता कार्यमा अग्रसर भएको भन्दै ट्रमामै कार्यरत केही इमान्दार चिकित्सकहरुले आपत्ति जनाएका छन् । ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजाल जो आफैमा निजि अस्पताल संचालक हुन् ।उनी सामाकोशीमा अवस्थित अल नेपाल अस्पतालका सञ्चालक समेत हुन । ट्रमामा आएका विरामीहरु सोही अस्पतालमा पठाइने गरेको आरोप उनीमाथि लाग्न लागेको छ । काँग्रेसी निकट चिकित्सक संघको पूर्व महासचिव हुँदै बहालवाला उपाध्यक्षको समेत भूमिकामा छन् बद्री । उनकै बदमासीका कारण अहिले ट्रमा सेन्टरमा आर्थिकदेखि प्रशासनिक अनियमितता चुलिँदै गएको अस्पताल स्रोतले जनाएको छ ।
सरकारी स्वामित्वमा रहेको ट्रमा सेन्टरमा विभित्र चोटपटक,सडक दुर्घटना,हाडजोर्नी ,नसासमन्धि समस्या लिएर विरामीहरु पुग्दछन् । तर त्यहाँ पुग्ने विरामीहरुलाई हप्तौंसम्म इमर्जेन्सीमा बेड खालि छैन भन्दै ट्रमामै कार्यरत डाक्टरहरुका नीजि अस्पताल र कार्यकारी निर्देशकको अस्पतालमा जान बाध्य पारिने गरिएको कतिपय विरामीहरुले इकर्मचारी डटकमसँग दुखेसो पोखेका छन् ।
भनसुनमा जसोतसो बेड पाएर वार्ड मा भर्ना भएका विरामीलाई समेत महिनौंसम्म अप्रेसन नगरी झुलाइँदै आएको छ । अपरेसन गर्नु परेपनि अपरेसनका महङ्गा औजार किन्न लगाएर अपरेशन गर्ने चिकित्सकलाई कमिशन दिने गरि अस्पतालको वेडवेडमै व्यापारीको रजगज चलाइएको छ । अस्पतालको फार्मेसीमा यस्ता औषधी औजार भेटिँदैन तर नजिकैको निजि फार्मेसीमा भने महँगा औजार र औषधी बेचिन्छ । त्यस्ता सामग्रीबाट समेत कमिशनको धन्दा हुने गरेको स्रोतको भनाई छ ।
Advertisement 2
अस्पतालको बेडमा भर्ना भएका र ओपिडिमा उपचार र अप्रेरेशन गर्न आउने विरामी अहिले बेड छैन तपाईंको पालो चार पाँच महिना लाग्छ भन्दै धपाउने गरिएको छ । यसरी तुरुन्तै अपरेशन गर्नुपर्ने विरामीलाई अस्पतालबाट धपाउने नभए औषधीको पैसा तीस चालिस हजार र अपरेशनको पैसा चालिस पचास हजार लाग्छ भन्दै अत्याइने गरेको छ । यस्ता पैसा बुझाउने विरामीको अपरेशन भने भोलीपल्टै गरिन्छ । ट्रमा सेन्टर पछाडि रहेका फार्मेसीहरु डाक्टरको सेटिङ्गमा औषधी र सामग्रीको धन्दा गर्छन् । हड्डीमा राख्ने पाता किला र काँटा समेत आफूलाई जसले कमिशन बढि दिन्छ त्यसैसँग मगाइने गरेको छ ।
ट्रमाको प्रमुख नियुक्त भएपछि डा रिजालले आफ्नो लगानी रहेको अल नेपाल अस्पतालमा विरामी पठाउने गरेका छन् । उनी कार्यालय समयमा समेत आफ्नो अस्पतालमा भेटिने गरेको स्रोतले जनाएको छ । उनले ट्रमा सेन्टरमा नियमविपरित प्रक्रिया समेत नपुर्याइ लेनदेनका आधारमा कर्मचारी भर्ना गर्न थालेका छन् । व्यवस्थापन समिति अध्यक्ष र प्रतिष्ठानलाई जानकारी समेत नदिई कर्मचारी भर्ना गर्न थालेका छन् । यसले सेन्टर र प्रतिष्ठानबीच समेत द्वन्द फैलाउने स्रोतको आशंका छ ।
Advertisement 3
उनले आफ्ना निकटस्थहरुलाई टेन्डर दिन लगाएर ठेक्कापट्टा समेत हत्याएको आरोप छ । उनी आएपछि आर्थिक प्रशासनिक अनियमितता बढ्दो रहेको छ ।